आइतबार अक्टोवर १६,विश्व खाद्य दिवस मनाउँदै गर्दै नेपालमा खाद्यअधिकारको विषय ओझेलमा परेको पाइएको छ ।अन्य अधिकारको वकालत हुदै गर्दा सबै भन्दा महत्वपुर्ण अधिकारको रुपमा रहेको खाद्यअधिकार आझेलमा परेको देखिन्छ ।
विश्व खाद्यन्न दिवस मनाउदै गर्दा खाद्यअधिकारको विषय ओझेलमा परेको देखिन्छ ।हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरी खाद्यान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।स्थानिय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु,अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हँुदै जानु यस शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनौति हो ।यसरी परम्परागत अन्न उत्पादनको प्रक्रियालाई छोड्दै जाँदा पछिल्लो समय विषादियुक्त खाद्यहरु प्रयोगमा आउँदा रोग समेत भित्रिने गरेको बाँकेका कृषकहरु बताउँछन ।खजुरा गाउँपालिका वडा नं.२ ,बाँकेका कृषक सर्वजित विष्टले पछिल्लो समय खाद्य उत्पादनमा विषदीयुक्त मलखादहरुको प्रयोगले हामीले प्रयोग गर्ने कृर्षी उत्पादन समेत अखाद्य भएको बताउँछन ।यसैगरी खाद्यअधिकार पनि मानव अधिकारको विषयमा आउने भएता पनि खाद्य अधिकारका विषयमा अन्य अधिकार हननको विषयमा आउने उजुरी जस्तो नआउने गरेको राष्ट्रिय मानवअधिकार आयोग,नेपालगंज कार्यालयका प्रमुख द्धारीका अधिकारी बताउँछिन । प्रमुख अधिकारका अनुसार कार्यालयमा अन्य अधिकारको हननका विषयमा मात्रै आउने गरेका छन ।यसैगरी खाद्यअधिकारको विषयलाई हेर्दा कुनै पनि अवस्थामा सरकारी संयन्त्र संवेदनशिल नभएको खाद्यअधिकार सम्बन्धी काम गर्दे आएका गैरसरकारी संस्थाहरुको प्रतिक्रिया रहेको छ ।फियान नेपाल बाँकेका प्रतिनिधि सुरेश कुमार गौतमले खाद्य अधिकारको विषयमा व्यापक छलफल हुनु पर्नेमा त्यसो हुन नसकेको बताए । प्रतिनिधि गौतमले बाँकेका हरेक क्षेत्रमा खाद्य अधिकार हननका घटनाहरु घटन् गरेको भएकाता स्थापिनय निकायले यसमा खासै चासो नदिएको बताए ।
यसरी खाद्यअधिकार तथा कृषका हकअधिकरको विषयमा पछिल्लो अवस्था केही सुधार भउके र कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत सचेतनाका कार्यक्रमहरु गर्दे आएको कृषी ज्ञान केन्द्र नेपालगंज बाँकेका प्रमुख शकिल अहमद बताउँछन ।
बाँके जिल्ला भारतसंग खुला सिमा जोडिएको जिल्ला भएको हुदाँ अधिकांश खाद्यान्नहरु भारततिय बजारबाट आयत हुने हुदाँ हामीले प्रयोग गर्ने खाद्यन्नको शुद्धताको बारेमा अधिकांश उपभोक्तालाइ जानकारी छैन । साथै खाद्यअधिकारका विषयमा हुने गतिविधि निकै कम मात्रैमा हुने गर्दछन । खाद्यन्नको अनुगमन चाडपर्व लक्षित मात्रै हुने गरेको पाइन्छ ।अतः यसरी हामीले उपभोग गर्ने खाद्यन्नको गुणस्तर तथा खान पाउनु पर्ने अधिकारको सुनिश्चिताका लागि सरोकार पक्ष अलि संवेदनशिल हुनु पर्ने देखिन्छ ।
00
00