spot_img
Monday, February 6, 2023
Homeब्यानरबाँके क्षेत्र नं.१ मा गठबन्धनको आन्तरिक गृहकार्यसँगै चुनावी अभियान

बाँके क्षेत्र नं.१ मा गठबन्धनको आन्तरिक गृहकार्यसँगै चुनावी अभियान

spot_img

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनले बाँकेको क्षेत्र नम्बर १ मा आन्तरिक गृहकार्यसँगै चुनावी अभियान सुरु गरेको छ ।
सत्तारुढ पाँच दलिय गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज“अथक”उम्मेदवार भएका छन् । यस्तै प्रदेश सभा–१ “क” मा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी “नमुना” र प्रदेश सभा–१“ख” मा नेपाली कांग्रेसका महासमिति सदस्य फुलाराम थारु उम्मेदवार छन् ।
तीनै जना उम्मेदवारलाई उक्त क्षेत्रमा नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० को पनि साथ रहेको छ । उक्त गठबन्धनले सोमबार “भोली”देखी प्रदेश सभा.१ “ख”को कोहलपुरमा सचिवालय सञ्चालनमा ल्याउँदैछ ।

कोहलपुरस्थित भेरी सितभण्डारमा सोमबार बिहान ११ः१५ बजे सचिवालय उद्घाटनका साथै गठबन्धनबीच छलफल गर्न लागिएको प्रदेश सभा–१“ख” का उम्मेदवार फुलाराम थारुले जानकारी दिए । चुनावी अभियान अन्तरगत आइतबार कोहलपुर नगरपालिका वडा नम्बर ३, ११ र १२ मा भेटघाट गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here