spot_img
Sunday, June 4, 2023
Homeब्यानरभारतीय राजदुत नविन नेपालगंज हुदौ भारत प्रस्थान

भारतीय राजदुत नविन नेपालगंज हुदौ भारत प्रस्थान

spot_img

प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनको पूर्व सन्ध्यामा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव आईतबार नेपालगञ्ज हुदै भारत प्रस्थान गरेका छन ।नेपालको राजधानी काठमाडौं स्थित भारतिय दुतावासको कार्यालयबाट आईतवार बुद्ध एयरको ११ः३० बजेको आन्तरिक फलाइटबाट पश्चिम नेपालको ठुलो शहर नेपालगञ्ज आएर राजदुत नविनले नेपालगञ्जको सिदार्थ होटेलमा विभिन्न ब्यक्तीहरु सँग भेटघाट गरेका थिए ।
राजदुत श्रीवास्तवसँग नेपाल भारत मैत्रीसँग आवद्द विभिन्न ब्यक्तिका अतिरिक्त निर्वाचनमा होमिएका ब्यक्ती तथा पार्टीका नेताहरू रहेको पाइएको छ ।
काठमाडौंबाट नेपालगञ्ज आएर भारतिय राजदुत नविन श्रीवास्तवले भारतिय सहयोगमा निर्माण भईरहेको नेपालगञ्ज सुख्खा बन्दरगाह, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण भएका भवनका साथै फुल्टेक्रा स्थित फत्तेवाल आँखा अस्पताल, धम्बोजी माबिको अवलोकन भ्रमण गरेका थिए ।
राजदुत श्रीवास्तव नेपालगञ्ज का बिभिन्न कार्यक्रम सम्पन्न गरी आईतबार साँभ करीब ४ः३० बजे नेपालगंजको जमुनहा नाका हुदै भारत प्रस्थान गरेका छन।
श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालि सकेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here