spot_img
Thursday, September 28, 2023
Homeब्यानरअष्ट्रेलियामा मासिक ३० लाख तलबको सरकारी जागिर छोडि नेपालगन्ज फर्किका अग्रहरीले किन...

अष्ट्रेलियामा मासिक ३० लाख तलबको सरकारी जागिर छोडि नेपालगन्ज फर्किका अग्रहरीले किन दिए उम्मेदवारी ?

spot_img

उनी बाँके बर्दियामा एक सफल दुरसन्चार उद्यमीका रुपमा परिचित छन् । उनको दुरसन्चार सन्जालमा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले भाडामा लिएर सेवा प्रवाह गर्छन् । सुपर भिजन नामको उनको आफ्नै टेलिभिजन सेवा प्रदायक कम्पनी छ । नेपालगन्जमा पहिलोपटक अप्टिकल फाइबर लाइन भित्र्याउने व्यवसायीसमेत रहेका विनोद अग्रहरीको व्यवसायले उनलाई दाम र चाहिएजति नाम पनि दिएकै छ । तर, उनी यतिखेर राजनीतिक संग्राममा होमिएका छन् । उनले आफूलाई प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचत गराउन बाँके क्षेत्र नम्बर २ का जनतासँग साथ मागिरहेका छन् । स्थापित पार्टीभन्दा संगठन बिस्तारका क्रममा रहेको रष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिएका छन् । तर उनी दृढ आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको बताउँछन् ।
विनोद अग्रहरीका बुवा पनि व्यवसायी हुन् । उनका बुवाको नेपालगन्जदेखि सुर्खेतसम्म बस सन्चालनमा थियो । बुटवलमा जन्मिएका अग्रहरी ८ कक्षासम्म होस्टेलमा बसेर उतै पढे । ८ कक्षापछि उनले नेपालगन्जस्थित जयबागेश्वरी माविबाट एसएलसी पास गरे । आइएससी काठमाडौंमा पढे । बिएससी पाल्पामा बढे । त्यसपछि उनी अष्ट्रेलिया गएर टेलिकम्युनिकेशन इन्जिनियरिङमा पुर्ण छात्रवृतिमा डिप्लोमा गरेका हुन । दैनिक १९ घण्टा कामको अनुभव पनि अष्ट्रेलिया लिएका छन् । मासिक ३० लाख तलबको सरकारी कम्पनीको जागिर छोडि नेपालगन्ज फर्किएर उनले सुरु गरेको व्यवसाय थियो टेकिम्युनिकेशनकै ।
उनले व्यवसायका क्रममा अनेक उतारचढाव ब्यहोरे । अष्टेलियको सुख सुविधा र प्रविधिको अनुभव गरेर आएको उनको नवयुवक मश्तिष्कलाई उता र यहाँ आफ्नो देशको फरकपनले पिरोल्न थाल्यो । सरकारी संयन्त्रका तानाबाना उनले भोग्नुसम्म भोगे । उनले व्यवसाय स्थापित गराउन सोचेभन्दा बढी र अन्यायपूर्ण मिहिनत र अवरोधहरु झेल्नुप¥यो । यसका बाफजुद उनले व्यवसायलाई स्थापित गराइछाडे । उनले हाल सम्म ३ हजार युवाहरुलाई रोजगारी समेत दिइसकेका छन् ।
उनले व्यवसायिक यात्राको दुई दशकमा तीनवटा संसदीय चुनाव देखे । एक स्थानीय चुनाव पनि देखे । राजनीतिक दल, तीनका उम्मेदवार र निर्वाचित प्रतिनिधिहरुको अकर्मण्यता नजिकबाट भोगे । दल र जनप्रतिनिधिले जनतालाई झुक्याएको, आफ्नो जिम्मेदवारी पूरा नगरेको र नीति नियमका नाममा जनतालाई संकटमा पार्ने राज्यको कार्यशैलीका विरुद्ध उनीहरुको चुप्पीले उनलाई भित्रभित्रै भुट्भुट्याउन थाल्यो । विद्युत सेवाको खराब हालत, सरकारी कार्यायलमा घुसको सहारा लिनुपर्ने बाध्यता नहटेको, बाढी र डुबानले निम्त्याउने विपत्तिको समस्या वर्षौंदेखि ज्यूका त्यूँ रहेको, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार नभएको जस्ता समस्याहरुले उनको सचेत मश्तिष्कलाई घोच्न थाल्यो । यद्धपि उनी आफ्नो इमानदार व्यवसायिक धर्ममा विश्वास गर्दै तल्लिन त्यसैमा रहन थाले । राजनीतिक दलहरु नै सुर्धन्छन् भन्ने उनको विश्वासमा बिस्तारै स्खलन भने आउँदै थियो ।
एकदिन टेलिभिजनमा प्रधानमन्त्रीले एक अन्तवार्तामा पत्रकारलाई ‘प्रश्न गरेर गाली गरेर मात्रै केही हुँदैन । हिम्मत भए राजनीतिमा आउन,’ भन्दै चुनौती दिँदै गरेको देखे । त्यसपछि उनलाई लाग्यो अब खासमै चुनौती दिनैपर्छ । त्यसपछि उनी आफ्ना समस्याका बारेमा खुलेर बोल्न थाले । विरोध प्रदर्शनमा सहभागी हुने र आफ्नो तथ्यपरक धारणा सार्वजनिक गर्न थाले । सार्वजनिक सरोकारका विषयमा बोल्न थाले ।
उनको सामाजिकरुपमा सक्रियताले मात्रै उनको अभिष्ट पूरा हुनसक्ने अवस्था थिएन । स्थापित राजनीतिक दलहरुभित्रको विकृति उनले थाहा नपाउने कुरै भएन । त्यहाँ उनीजस्ता मान्छेलाई ठाउँ छैन भन्ने बुझेकै थिए । सही माध्यम र संगठनको खोजीमा थिए । त्यही क्रममा पत्रकार रवि लामिछानेले राजनीतिक दल दर्ता गरेर संगठन बिस्तार थालेपछि उनले आफ्नो सही राजनीतिक सारथी भेटेको महसुस गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको जनजीविका र सुशासनको मुद्धाले उनलाई तान्यो । पार्टीमा उनले आफ्नो इच्छा जाहेर गरे र उम्मेदवारका लागि टिकट पनि पाए ।
यतिखेर विनोदको प्रतिनिधि सभा सदस्यका रुपमा उम्मेदवारीलाई बाँके क्षेत्र नम्बर २ मा अर्थपूर्णरुपमा हेरिएको छ । उनलाई स्थापित राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिनसक्ने व्यक्तिका रुपमा हेरिएको छ । उनी आफू जनताका मुद्धाको राजनीति र राज्यका खोटपूर्ण नीतिहरुको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । टेलिभिजन सेवा प्रदायकका रुपमा उनले आफूले यहाँका हरेक घरघरको स्थिति, उनीहरुको आर्थिक र समाजिक स्थिति, जनताका अपेक्षा र चाहनाहरु, यहाँका वास्तविक समस्याहरु, समस्या समाधान हुन नसक्नुका कारणहरु एवं तिनको समाधानका उपायहरु थाहा रहेको बताउँछन् । संसदमा सदस्यका रुपमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न प्रतिबद्ध रहेको बताउँदै विनोदले भने, ‘म प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु नै मेरो एक किसिमको जित हो । म यहाँका नागरिकहरुलाई उनीहरुलाई कसरी ठगिएको छ भन्ने कुरामा सुसुचित गर्छु । मैले नैतिकतासहितको व्यवसाय गरेको हुँ । राजनीति पनि म नैतिकतासहितकै गर्छु । नेपालगन्जको जनतालाई अरुले जस्तो निराश बनाउँदिन ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here