नेपाली कांग्रेस बाँकेले आसन्न निर्वाचनमा सबैलाई एक ढिक्का भएर परिचालन हुन आव्हान गरेको छ ।विहिबार जिल्ला कार्यसमितिको बैठकले कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सबै एक ढिक्का भएर लाग्न सबैलाई आव्हान गरेको छ । जिल्ला सभापति नारायाण गौडेलको सभापतित्वमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समेत गठन गरेको छ । बैठकले सभापति गौडेलको संयोजकत्वमा अनुगमन र उपसभापति गोपालप्रसाद अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको बाँके कांग्रेस प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।अनुगमन समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य छन् । प्रचारप्रसार समितिमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति पदाधिकारी, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, भ्रातृ र शुभेच्छुक संगठनका प्रमुख, पूर्व पार्टी पदाधिकारी, पूर्व जिल्ला सदस्य, पूर्व महासमिति तथा महाधिवेशन प्रतिनिधि लगायत रहेको प्रबक्ता गिरीले बताए ।प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणाले कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै सबै पार्टी पंक्ति इमान्दार भए सबै ठाउँमा सफलता हासिल गर्ने दृढता व्यक्त गरे । बैठकमा प्रदेशसभा १९२० का उम्मेदवार फुलाराम थारु, २९१० का उम्मेदवार राजकुमार बर्मा, २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल र ३(२) का उम्मेदवार बादशाह कुर्मीले सबै इमान्दार भएर चुनावमा होमिनुपर्ने बताएका थिए । पार्टी सचिव सुधांशु कोइरालाले एजेण्डा प्रस्तुत गरेको बैठकमा कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले २०७८ फागुनदेखि २०७९ भदौ मसान्तसम्म आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00