बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्याका लागि प्रत्यासी उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार राजकुमार रौनियारलाई निर्वाचन आयोगले प्रदान गरेको निर्वाचन चिन्हबाट स्थानिय खुसीले गदगद भएका छन ।
निर्वाचन आयोग बाँकेले स्वतन्त्र उम्मेदवार खनाललाई चुनाव चिन्ह अर्ना र रौनियारलाई जेब्रा प्रदान गरेको छ ।
उक्त चुनाव चिन्ह अर्ना र जेब्रालाई स्थानियले खुबै मन पराएका बताएका छन । निर्वाचनको प्रचारप्रसार क्रममा बाँकेको क्षेत्र नं. २ को बिकट क्षेत्रमा पुगेका स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले आफुले अर्ना र जेब्रा निर्वाचन चिन्ह पाएको जानकारी गराए पछि त्यहाँका स्थानियहरु खुसी व्यक्त गरेका छन ।
पटक पटक एउटै निर्वाचन चिन्हमा मतदान गरेर वाक्क दिक्का भएका मददाताहरुले अर्ना र जेब्रा पाउदा आफुहरुलाई निकै मजा आएको बताएका छन ।
हिरमिनियाका स्थानिय बब्न चौहानले भने, ‘पटक पटक एउटै चिन्हमा मतदान गरेर दिक्का भयौं, बिकासे एजेण्डाहरु भित्र्याउदै मतदाताहरुलाई प्रभावित पारेर भ्रम छर्ने काम भईरहेको अवस्थामा स्वतन्त्र उम्मेदवारको रुपमा अर्ना र जेब्रा पाएर हामी पनि उत्साहित भएका छौं ।’
यसै गरी डुडुवा गाँउपालिकाको सनतलियाका गंगा सागर वर्माले पनि अबको संघीय र प्रदेशको चुनावमा अर्ना र जेब्रामा अत्याधिक मत खसाल्ने प्रतिबद्धता समेत जाहेर गरेका छन ।
यसरी हेर्दा पछिल्लो समय स्वतन्त्र उम्मेदवारका रुपमा संघ तर्फ दिवाकर शर्मा खनालको अर्ना र प्रदेश तर्फका उम्मेदवार राजकुमार रौनियारको निर्वाचन चिन्ह जेब्रामा अत्याधिक मत खस्ने आकलन गर्न सकिन्छ ।