spot_img
Friday, September 29, 2023
Homeब्यानरराम राज्य रथ यात्रा भोली विहिबार नेपालगंज आउँदै

राम राज्य रथ यात्रा भोली विहिबार नेपालगंज आउँदै

spot_img

हिन्दुहरुका देवता मर्यादा पुर्षोत्तम श्रीरामको दिग्बिजय राम राज्य रथ यात्रा भोली विहिबार नेपालगंजमा आउने भएको छ । भारत र नेपालका विभिन्न शहरहरुको १५ हजार किलोमिटरको यात्रा गर्दे भोली विहिबार नेपालगंजमा आउने भएको हो ।नेपालगंज शहरमा प्रवेश कार्यक्रम भएको हुदाँ पवित्र रथको स्वागत नेपालगंज गनापुर शनि मन्दिर धाममा गरि मोटरसाइकल रैलीका साथ नेपालगंज नगर परिक्रम गर्ने कार्यक्रम भएको नेपालगंजका लागि यात्रा संयोजन गरी रहेका हिन्दु अगुवा ललित रौनियारले बताए । हिन्दुहरुको प्रसिद्ध मन्दिर माता बागेश्वरीको पार्क स्थित सत्संघ परिसरमा प्रवचन कार्यक्रम हुने भएको छ । भारतको अयोध्याबाट शुरुभई भारत र नेपालको विभिन्न पवित्र क्षेत्रहरुमा प्रवेश गर्दे आएको रामराज्य रथयात्रा सनातान हिन्दु एकताको लागि आयोजना गरीएको हो ।भारतको बैगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा विभिन्न स्थानको परिक्रमा गर्दे नेपालगंज हुदँ महाकाली गड्डाचौकी बाट आयोध्या पुगी समापन हुने कार्याक्रम रहेकोमा भोली विहिबार मानिकापुरको कोठारपुरमा रहेको शनिदेव मंदिरमा गर्ने पुर्व मन्त्री सर्वदेव ओझाले जानकारी दिएका छन ।यसैगरी रथयात्रा नेपालगंज शहरको परिक्रममा गरि हनुमन्त गौशाला प्रांगणमा राती विश्राम पछि शुक्रबारका दिन नेपालगंजबाट टीकापुरबाट अतरिया हुँदै महेन्द्रनगर बाट गड्डाचौकी टनकपुरहुँदै भारतको उत्तराखंड प्रवेश गर्ने आयोजकले जनाकारी दिएको विरिष्ठ पत्रकार विजय बर्माले मधुर खबरलाई जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here