spot_img
Monday, February 6, 2023
Homeराजनीति१७ बर्षीय अनुराधा चौधरी बनिन् महिला शाखा प्रमुख

१७ बर्षीय अनुराधा चौधरी बनिन् महिला शाखा प्रमुख

spot_img

बर्दिया ,अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सम्पन्न भएको छ । बालिका दिवसको अवसरमा मंगलबार मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखको पद मधुवन नगरपालिका वडा नंं ५ का सिओसी कक्षाको १७ बर्षीय अनुराधा चौधरीले सम्हालेका छन् । मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख ईन्द्रा चुनाराले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि मंगलबार नै मधुवन नगरपालिको वडा नं।२ को सिओसी कक्षाका १७ बर्षीय रचना थारुले वडा सचिवको पद सम्हालेका थिइन् । वडा सचिव चित्रा तिवारी पराजुलीले सचिव पद हस्तान्तरण गरेका थिए ।
नेपालका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यालय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिएका छन् । प्लान इन्टरनेसनल नेपालले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम भईरहेको छ ।
नेपालमा पनि बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तरता भईरहेको छ । सो कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले गल्र्स टेकओभर बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको बताए । साथै मेयर भाटले बालिका तथा किशोरीहरुका आफना सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्न सफल हुनु पर्नेमा जोड दिए।
त्यसै गरि मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत धर्म प्रसाद न्यौपाने बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरे। सो कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयरका अनिता चौधरीले बालिका तथा किशोरीहरुलाई उज्ज्वल भविष्यको कामन ब्यक्त गरे ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाइदैछ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ)भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here