spot_img
Sunday, May 28, 2023
Homeब्यानरबाढि पिडितलाई राहत

बाढि पिडितलाई राहत

spot_img

बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेका हुन ।
गाउँपालिका वार्ड नं. १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्र्तगत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा सबैजना बसीरहेको अध्यक्ष चौधरीले बताए । उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।
गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउ चाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ ।
अध्यक्ष चौधरीले भने,–“अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ, ।” वडा सदस्य समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर वाढी पिडितलाई उपलब्ध गराएको छ । उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आज आईतबार राहत लगायतका सामाग्री लग्न लागिएको समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।
यसैविच गाउँपालिकाको स्वास्थ्य शाखाले वाढीपिडितहरुका लागि स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा वाढीपिडिहरुको स्वास्थ्यको चेकजाँच, निशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताए ।
उनका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले बताए । स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मा लगायतको टिमले स्वास्थ्य चेकजाँच गरहेको हो । बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबै भन्दा बढी प्रभावित हुने गर्दछ । पालिका अध्यक्ष चौधरीले बाढी पिडितहरुको उद्धार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्धारको कार्यलाई प्रभावकारी बनाउने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here