सिरहा, लहान नगरपालिका–२० गोलछारी बस्ने ५० वर्षीया लालो देवी महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको अगाडि पर्खालमा रहेको लौका टिप्ने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
00