सर्लाही, ईश्वरपुर नगरपालिका–५ बाँके जंगलस्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
00