१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका(१ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोरङ ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
00