सिरहा, लहान नगरपालिका–५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, फेनारगन १ एम्पुल, नुर्फिन १ एम्पुल र डाइजेल्याब १ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका(५ बस्ने २४ वर्षीय छेदि पासमान र २६ वर्षीय इरफान खान रहेका छन् । बलुवा टोलस्थित सडकमा उक्त लागूऔषध किनबेच गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, राजविराज नगरपालिका–१३ विसहरीया नहरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याव्लेट र डाईलेक्स डिसि २० पिस सहित राजविराज नगरपालिका(११ झल्ली फर्सेट बस्ने ३९ वर्षीय धिरेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको मे।३ प २६५० नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
00
00