spot_img
Sunday, June 4, 2023
Homeब्यानरडुवानबाट प्रभावित क्षेत्रमा हिन्दूवादी नेता ‘खनाल र रौनियार’

डुवानबाट प्रभावित क्षेत्रमा हिन्दूवादी नेता ‘खनाल र रौनियार’

spot_img

मंगलबार राति देखि भई रहेको लगातार वर्षाका कारण बाँके, बर्दिया लगायतका जिल्लाहरुका विभिन्न क्षेत्र जलमग्न भएको छ । लगातार वर्षाका कारण धनजनको क्षति संगै जनजीवन कष्टकार भएको छ । हाल वर्षा भने कायमै रहेको छ ।

निरन्तरको वर्षाले कष्टकर बनेको बाँकेको डुडुवा गाँउपालिकाका बिभिन्न स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुले अनुगमन तथा वस्तुस्थितिका बारेमा जानकारी लिन उक्त क्षेत्रमा शुक्रबार पुगेका हुन । दशैको अवसरमा नेपालगंज लगायत यस क्षेत्रमा राखिएका सबै मुर्तिहरुको विर्सजन नभइ सकेको अवस्थामा बाँकी मुर्ति व्यवस्थापनको सहयोगमा बाँके क्षेत्र नं.२ प्रतिनिधि सभाका उम्मेदवार दिवाकर शर्मा खनाल र प्रदेश तर्फका उम्मेदवार राजकुमार रौनियार डुवान क्षेत्रमा पुगेका हुन ।

सोही क्रममा बाँकेको क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार खनाल र बाँके कै क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार रौनियारले ढुवानबाट प्रभावित क्षेत्रमा पुगेर जनसमुदायबाट सुझाव एवंम प्रतिक्रिया लिएका छन ।

स्वतन्त्र उम्मेदवार खनाल र रौनियार डुडुवाको डुवानबाट प्रभावित क्षेत्र टेपरी, पिपरहवा, खडैचा, बेतहानी लगायतका गाँउहरुमा प्रत्यक्ष गएर जनसमुदायहरु संग भेटघाट गरेका छन । निरन्तरको वर्षाका कारण कृषकहरुको धानबाली लगायत धनजनको क्षति पुगेको हुदाँ तत्काल राहतको व्यवस्था गर्न समेत सरकारसँग मागे गरीएको स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here