spot_img
Saturday, April 1, 2023
Homeब्यानरएमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

एमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

spot_img

पुष्कर खड्का
नेकपा एमालले रामेछापबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

एमालले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । एमाले रामेछापले प्रतिनिधि सभाका लागि उम्मेदवार वनाइएका ढुंगेल २०४८ साल पछि पटक पटक टिकट पाउने नेताको रुपमा पर्छन । तर उनले प्रतिनिधिसभामा पुग्ने सपना पुरा गर्न भने सकेका छैनन् । २०७४ मा बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढुंगेल करिव साढे ३ बर्ष बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेललाई उम्मेदवार वनाएको छ । एमालेका पूर्व जिल्ला अध्यआअक्ष समेत रहेका पौडेल यस अघी बाग्मती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । एमालेमा गुट र फुटको फाईदा उठाउदै पौडेलले केहि दिन बाग्मती प्रदेश सरकारको पर्यटन, बन तथा बातावरण मन्त्री हात लाएका थिए । पौडेलले प्रदेश सभा तर्फ प्रदेश (क) मा टिकट दोहोर्‍याएका छन् ।

एमाले रामेछापले प्रदेश सभा ख मा भने नयाँ उम्मेदवार वनाएको छ । दोरम्बा घर भएका मिलन घिसिङ गैरसरकारी क्षेत्रमा काम गर्दै आएका थिए । गैससमा काम सगैं एमालको जिल्ला स्तरको राजनीति गर्दै आएका घिसिङलाई जनजातीको भोट पाउने आशामा एमालेले उम्मेदवार वनाएको चर्चा पार्टीभित्र गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here