अमन अन्सारी , नेपालगञ्जकाे रामलिला मैदानमा रावण दहनकाे (दशहरा)काे भाेलिपल्ट मनाईंदै आएकाे विशेष कार्यक्रम महाेत्सव भरत मिलाप तथा राज्याभिषेककाे सम्पूर्ण कार्यक्रमकाे स्थान परिवर्तन भएकाे छ ।
विशेष महाेत्सवका साथ मनाईने भरत मिलाप तथा मर्यादा पुरुषाेत्तम प्रभु श्री रामचन्द्रज्यूकाे राज्याभिषेककाे सम्पूर्ण कार्यक्रम आज राती ८ बजे किन्नुराम काशीराम धर्मशाला (ताँगा स्ट्याण्ड) नजिक नेपालगञ्जमा हुने रामलिला सञ्चालक समितिका प्रबन्धक भरत किशाेर बैश्यले जानकारी गराएका छन ।नेपालगञ्ज लगायत आसपासकाे क्षेत्रमा लगातार ३ दिनदेखि परिरहेकाे झरीका कारणले रावण दहनकाे भाेलि पल्ट मनाईंदै आएकाे विशेष महाेत्सव भरत मिलाप र राज्याभिषेक कार्यक्रम पानीकाे कारणले यस पटक रामलिला मैदानमा नमनाईने रामलिला सञ्चालक समितिले निर्णय गरेकाे जानकारी समितिका सदस्य रमेश चन्द्र कुमालले गराए ।