spot_img
Wednesday, February 1, 2023
Homeसमाचारस्वतन्त्र उम्मेदवार खनाल र रौनियारद्वारा राप्ती नदीको बढ्दो बहावबाट प्रभावित क्षेत्रको अवलोकन

स्वतन्त्र उम्मेदवार खनाल र रौनियारद्वारा राप्ती नदीको बढ्दो बहावबाट प्रभावित क्षेत्रको अवलोकन

spot_img

मंगलबार देखि लगातार भइरहेको अविरल वर्षाका कारण राप्ती नदीको निरन्तर बहाव बढदै गइरहेको छ । राप्तीले हिजो राती नै खतराको सतह पार गरिसकेको थियो । त्यस पश्चात पनि वर्षा कायमै छ ।

यसै क्रममा बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य राजकुमार रौनियारले दुई दिन देखि भइरहेको निरन्तर वर्षाका कारण प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन ।

स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको सतह बढ्दै गर्दा यस क्षेत्रका स्थानीय बासीहरूको घरघरमा पुगेर बाढीले पुर्याएको असरका बारेमा जानकारी लिने तथा यस विषयमा गम्भीर हुन स्थानीय प्रशासनलाई आग्रह समेत गरेका हुन ।

स्वतन्त्र उम्मेदवार खनालले राप्ती नदीको बहावको प्रभावले छेउछाउका गाँउमा, पुल, कम्दी, जब्धवा, जमुनाहा लगायतका क्षेत्रमा अनुगमन गरेका हुन । खनालले बाढीग्रस्त क्षेत्रको बिषयमा प्रशासन संबेदनसिल हुन तथा यहाँका स्थानीयहरूलाई समेत सतर्क रह्न आग्रह गरेका छन ।

उक्त क्षेत्रको विषयमा उम्मेदवार खनालले हामीलाई जानकारी दिदै भने, ‘मुर्ती विसर्जनमा कोही कसैलाई समस्या परेको छ भने हामीलाई सम्पर्क गर्न सक्छ । यो खुशियालको पर्व हो । खुसीका साथ मनाउनु पर्छ तर यस्तो बेलामा होसियार पनि हुनुपर्छ । राप्ती नदी अहिले आवश्यकता भन्दा धेरै उर्लिएको हुदाँ यसमा ख्याल गर्नुपर्छ र स्थानीय प्रशासन पनि गम्भीर हुनु पर्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here