अमन अन्सारी , नेपालगञ्जकाे रामलिला मैदानमा दशैंकाे दिन मनाईंदै आएकाे रावण दहन (दशहरा मेला)काे सम्पूर्ण कार्यक्रम आजलाई स्थगित गरिएकाे छ ।रातीदेखि परिरहेकाे लगातार वर्षाकाे कारणले विजया दशमीकाे कार्यक्रम तथा रावण दहन कार्यक्रम आजलाई स्थगित गर्ने रामलिला सञ्चालक समितिले निर्णय गरेकाे कुरा रामलिला सञ्चालक समितिका सदस्य रमेशचन्द्र कुमालले बताए ।रावण दहन तथा विजया दशमीकाे सम्पूर्ण कार्यक्रम भाेली २ बजेदेखि भेरी एफएम नजिक वडा नम्बर १३ मा रहेकाे रामलिला मैदान (दशहरा बगिया) मा हुने रामलिला सञ्चालक समितिका प्रबन्धक भरत किशाेर बैश्यले जानकारी गराएका छन।
00