spot_img
Thursday, September 28, 2023
Homeकला/साहित्यभारतिय गीतमा छाउदै नेपाली अभिनेत्री नितु कोइराला,कोइरालाद्धारा सबैमा दशैको शुभकामना व्यक्त

भारतिय गीतमा छाउदै नेपाली अभिनेत्री नितु कोइराला,कोइरालाद्धारा सबैमा दशैको शुभकामना व्यक्त

spot_img

भारतीय कला क्षेत्रमा भिन्नै छाप छोड्न सफल नेपाली अभिनेत्री नितु कोइराला भारतीय गीतमा छाउँदै गएको पाइएको छ ।नेपाली अभिनेत्री कोईराला अभिनित हिन्दी “गीत लग जा गले”को भिडियो सार्वजानिक भए सँगै यो विषय बाहिरीएको हो ।भारतीय प्रसिद्ध गायिका लता मङ्गेसरको स्वरमा रहेको चर्चित गीतलाई भारतिय गायक देव कृष्ण भट्चार्यको स्वरमा तयार पारिएको कभर गितमा नेपाली अभिनेत्री कोइरालाले अभिनय गरेकी हुन ।भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्धारमा छायाँकन भएको भिडियोमा उनलाई अभिनयमा गायक स्वंयले साथ दिएका छन ।मदन मोहनको संगीत राजा मेहन्दीको रचना रहेको गीतलाई रिएरेन्ज रुद्र साईकत कर्मकरले गरेका छन ।प्रसिद्ध गायिका लता मङ्गेसरको चर्चित गीतलाई भारतय चर्चित गायक देवकृष्णले आवरण गित दिएर हिन्दी बजारमा लोकप्रिया भएको गीतमा भिडियो गर्न पाउनुलाई भाग्यमानीको रुपमा लिएको अभिनेत्री कोइरालाको प्रतिक्रिया रहेको छ ।भारतिय मनोरन्जनको क्षेत्रमा समेत चर्चा कमाउन सफल अभिनेत्री कोइरालाले थुप्रै प्रतिष्ठित भारतिय अवार्ड तथा सम्मान समेत प्राप्त गरेको बताइन। पछिल्लो समय भारतीय कलाजगतबाट केही समय फुर्सदमा आफ्नो देशमा आइ पुगेकी कोइरालाले मधुरखबरसंग कुरा गर्दै सम्पुर्ण नेपालीहरुमा दशै तिहार लगायतका विभिन्न पर्वहरुको अवसरमा शुभकामना सन्देश समेत दिएकी छन ।काठमाडौ निवासी कोइराला विगत १२ वर्ष देखि नेपाली फिल्म इडस्ट्रीमा मोडल,अभिनेत्री एवं कलाकारका रुपमा काम गरी सकेकी छन । नेपाली अभिनेत्री कोइरालाले २०२१मा दादा फल्के,राष्ट्रिय गौरव,नारी रज,उत्कृष्ता,राष्ट्रिय सम्मेलन लगायतका भारतीय पुरस्कारहरु प्राप्त गरी सकेकी छन भने दुवई,कतार,मलेशिया लगायतका स्थानहरुमा स्टेज शो समेत गरी सकेकी छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here