काठमाडौ, ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी” शनिबार एक कार्यक्रमका विच सार्वजनिक भएको छ ।गीतमा लोकप्रिय गायक विष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिष्ट अस्मिता अधिकारीको आवाज रहेको छ । गितमा शब्द अष्ट्रलिया बस्दै आएका विश्व गौडलको र संगित गायक भट्टकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजानिक भएको गीतको भिडियोमा प्रकाश सपुत र सृष्टी खड्काको अभिनय रहेको छ । ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषिराज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह–निर्देशन गरेका छन ।गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छयाँकन ,अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गितलाई मिसिङ÷मास्टरिङ र एरेन्ज श्याम श्रेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00