१४ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई डेंगु संक्रमण भएको पुष्टि भएको छ ।
बिहीबारबाट स्वास्थ्यमा केही समस्या आए जस्तो अनुभुति गरिरहेका मेयर बिष्टले स्वास्थ्य परीक्षण गर्दा आफुलाई डेंगु भएको खबर प्राप्त भएको जानकारी गराए ।
कामकाजका क्रममा साँझ बिहान हिडिरहेका मेयर प्रशान्त बिष्टलाई शुक्राबार डेंगु भएको पुष्टि भएको बुझिएको छ ।
00