आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँने गरिन्छ । दिवसका अवसरमा कोहलपुर सहित देशैभर विविध कार्यक्रम हुदैछन् । यो वर्ष ‘युज हार्ट टु कनेक्ट’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईदै छ ।
दिवसको अवसरमा आज बिहान कोहलपुर देउराली साइक्लिङ क्लवले “साईक्लिङ्ग गरौं, मुटु स्वस्थ बनाऔं ” भन्ने नाराका साथ क्लवले कोहलपुर नगरपालिका परिक्रम गर्न लागेको हो । उक्त कार्यक्रमको उद्घाटन गदै कोहलपुर नगरपालिकाका कार्यवहाक मेयर विरेन्द्र कुमार शाहले मुटु भनेको मानव शरिरमा नभैई नहुने अङ्गको रुपमा रहेको अंङ्ग भएको हुदा यस अङ्गलाई कसरी स्वच्छ वनाउन सकिन्छ भनेर सवै लाग्नु पर्ने वताए । साथै अहिलेको वातावरण प्रदुषणका कारण मानिसहरुलाई विभिन्न खालका जटिल रोगहरुले सताउने भएकाले यस्ता रोगहरुवाट बच्नको लागी धुवा र धुलो रहित सहरको आवश्यकता भएको वताए । यस्तै साईक्लिङ गर्दा वातावरण प्रदुषण हुनवाट वचाउनुको साथै मानव स्वास्थ्यमा अत्यन्तै प्रभावकारी हुने भएकोले कोहलपुर देउराली साईक्लिङ क्लवले सुरु गरेको साईक्लिङ यात्राले नगरमा सकारात्मक संदेश प्रभा हुने मा आफु विश्वत रहेको वताए ।कोहलपुर देउराली साईक्लिङ क्लवका १७ जनाको सहभागिता रहेको थियो । यस्तै आज नै नेपालगन्ज साइक्लिङ क्लबले भेरी अस्पताल, क्रियटिभगञ्ज लगायतसँगको सहकार्यमा कार्यक्रम गरेको हो ।यसैगरि नेपालगन्ज समेत विभिन्न कार्यक्रम गरि विश्व मुटु दिवस मनाईएको छ । नेपालगजमा साइकल र्याली भेरी अस्पतालबाट सुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड, सेतु बीक चौक, बास पार्क, बाइपास कारकादो चोक, पुष्पलाल चौक, धम्बोजी चौक, बिपी चौक हुँदै औद्योगिक क्षेत्र नजिक रहेको नेसनल प्याथ ल्याबमा आएर समापन भएको थियो ।साइक्लिङमा सहभागीहरुलाई नेशनल प्याथ ल्याबले निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । रक्तचाप, मधुमेह लगायतका जाँच निःशुल्क गरिएको जिके फर्माका सञ्चालक अवध शर्माले जानकारी दिए ।पछिल्लो समय बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको छ । विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटुका समस्या भएका बिरामीको संख्या बड्दै गएको भेरी अस्पतालका कार्डियोलोजिस्ट डा.विकास नेपाल बताए ।मुटुलाई स्वास्थ राख्न नियमित शारीरिक व्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्नुपर्छ । साथै चिन्ता, तनावलाई कम गनुपर्ने हुन्छ । मुटुरोग विशेषज्ञ डा।नेपालका अनुसार खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटु रोगबाट बच्न सकिन्छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00