spot_img
Saturday, April 1, 2023
Homeब्यानरशंखरापुर नगरपालिकाले सार्वजनिक ग¥यो सय दिनको काम – निःशूल्क

शंखरापुर नगरपालिकाले सार्वजनिक ग¥यो सय दिनको काम – निःशूल्क

spot_img

काठमाडौं ,काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका छन् ।
सय दिनको अवधीमा नगरवासीलाई निःशूल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । गर्भवती महिला, जेष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी ७प्रकारका उपचार सेवा निःशूल्क तथा ११ वटा उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराएका छन् । इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको र मेयरसँग निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सूरुवात गरिएको उनले जानकारी गराए ।
यस्तै शिक्षा तर्फ कक्षा ११ को शिक्षा निःशूल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सामुहिक प्रयासबाट मात्रै शंखरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास संभव रहेको बताए ।
यस्तै नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकालाई फोहोर मुक्त सफा स्वच्छ नगरपालिका बनाउन, पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरबासीको जीवनयापन सहज बनाउन लागिपरेको बताए । उनले आफूले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार निःशूल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम कार्यान्वयनमा लगिसकेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो ।
यस्तो छ शंखरापुर नगरपालिकाले १०० दिनमा हासिल गरेको महत्वपूर्ण केही कामहरु ः
स्वास्थ्य सम्बन्धी
१) गर्भवती महिला तथा ६० वर्ष माथिका जेष्ट नागरिकहरुलाई निःशूल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको ।
२) सुष्मा कोइराला मेमोरियला अस्पतालसँग द्विपक्षीय सम्झौता गरी ७ वटा निःशुल्क तथा ११ वटा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको निःशूल्क सव बहानको व्यवस्था गरिएको ३) मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरुवात भएको ।
४) इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रमको शुभारम्भ भएको ।
५) जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढेको विकास साझेदारहरुको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढेको ।
कृषि तथा पशुपंक्षी सम्बन्धी
६) बागमती प्रदेश सरकारले ५५ मेट्रिक टन रसायनिक मलको कोटा निर्धारण गरेकोमा नगरपालिकाको विशेष पहलमा १७९ मेट्रिक टन मलको कोटा बृद्धि गर्न सफल भएको ।
७)कृषि विकास कार्ययोजना तयारीको प्रक्रिया अगाडी बढेको ।
८) बागमती प्रदेश सरकारको लगानीमा वडा नं ३ मा पशु स्वास्थ्य क्लिनिक सञ्चालनको प्रक्रिया अगाडी बढेको ।
पर्यटन सम्बन्धी
९) नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयारीको प्रक्रिया अगाडी बढेको ।
शिक्षा सम्बन्धी
१०) सामुदायिक विद्यालयमा माध्यमिक तह कक्षा ११ मा निःशूल्क भर्नाको
व्यवस्था गरिएको ।
११) स्थानीय मातृभाषा नेपाल भाषा र तामाङ भाषामा पाठ्यक्रम तयारी कार्यदल गठन भएको ।
वातावरण तथा विपद सम्बन्धी
१२) ल्याण्डफिलको व्यवस्थापनको लागि नगरपालिकामा ल्याण्डफिल सम्भाव्यं स्थानको खोजी गरी उपयुक्त विकल्पमा फोहोर व्यवस्थापन गर्ने प्रयास भैइरहेको ।
१३) आईई गरी तोकिएको क्षेत्रबाट मात्र ढङ्गा, गिट्टी बालुवा उठाउने व्यवस्था मिलाइएको ।
१४) विपद व्यवस्थापन तथा रोकथामको लागि त्रिपाल वितरण तथा आर्थिक सहयोग गरिएको ।
सामाजिक समावेशीकरण सम्बन्धी
१५) बाबु आमा विहिन बालबालिकाहरुलाई पोषण शैक्षिक सामग्री र रु ४
हजारका दरले उपलब्ध गराइएको ।
१६) सामाजिक समावेशीकरणका लागि विभिन्न किसिमका जनचेतनामुलक तथा सीपमुलक तालिम सञ्चालन गरिएको ।
सहकारी सम्बन्धमा
१७) नगरपालिका भित्रका सहकारी संस्थाहरुलाई वित्तीय जोखिमका क्षेत्रहरु, लेखापालन र सहकारी संस्थाको व्यवस्थापन सम्बन्धी सघन तालिम दिई संस्थागत सुदृढीकरण गर्ने गरिएको ।
विविध
१८) जापान, चीन लगायत युरोपियन मुलुकहरुका नगरपालिकासँग भगिनी
सम्बन्ध स्थापित गर्न प्रारम्भिक चरणको पहल भएको ।
१९) भूमि वर्गीकरण कार्य सम्पन्न गरिएको ।
२०)सम्पदा बस्ती भित्रका घरहरु निर्माणको लागि प्रति घर रु १ लाखमा
रु २५ हजार थप गरी नगरपालिकाबाट उपलब्ध गराइएको ।
२१)नगरस्तरीय समीक्षा कार्यक्रम सम्पन्न गरिएको ।
२२) नगरपालिकाका विभिन्न वडाका सार्वजनिक जग्गाको लगत सङ्कलन कार्य अन्तिम चरणमा रहेको ।
२३) वडामा काम गर्ने इन्जिनियरिङ सेवाको प्राविधिकहरुबाट घ वर्गको निःशुल्क नक्सा निर्माणको व्यवस्था गरिएको ।
२४) काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन निर्माण प्रक्रिया अगाडी बढेको ।
२५) अपराधिक तथा विविध गतिविधिहरुको निगरानी गर्न वडाका विभिन्न क्षेत्रहरुमा सि. सि. टि.भि. क्यामरा जडान गरिएको ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here