११ असोज, बाँके । बाँकेको क्षेत्र नं. २ बाट सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार रौनियार यति बेला आफ्ना पुराना साथीभाई संग भेटवार्तामा व्यस्त भएको देखिन्छन ।
आसन्न मंसिर ४ मा हुने संघीय निर्वाचनमा बहुमत प्राप्त गर्न जनता माझ आफुलाई चिनाउदै घरदैलोका साथै नेता, कार्यकर्ता र साथीभाईहरु संग भेटघाटमा होमिएका छन । सोमबार उनी शिवसेनाका पुराना सेनापति संग धेरै वर्ष पछि भेटघाट गरेका बताएका छन ।
संचारकर्मीलाई जानकारी दिदै स्वतन्त्र उम्मेदवार खनालले भने, ‘अझै पनि त्यही माया र उद्देश्य उहाँमा पाईयो । धन्यवाद सनातन धर्मलाई जसले सबै सनातनीलाई एक सूत्रमा जोडेर राखेको छ ।
स्वतन्त्र उम्मेदवारका प्रत्यासी उनीहरु दैनिक जसो बाँकेको क्षेत्र नं. २ को बिकट क्षेत्रमा घरदैलो गर्दै जनताको चाह्ना, आफु प्रतिको बिचार, हिन्दूहरुको संरक्षणका लागि वार्ता गर्दै सल्लाह लिदैँ गरेका छन ।
यति मात्र होइन, हिन्दूत्वको नारा बोकेका दिवाकर र राजकुमारले घटस्थापनाको दिन हिन्दूहरुलाई हौसला प्रदान गर्न नवौं दुर्गा पूजाको बिभिन्न स्थानहरुमा स्थापना गरेका उनको सचिवालयले जनाएको छ ।