बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका भित्र रहेको महानपर्वको सुरुवात दिन सोमबार बाँके क्षेत्र नं.२बाट स्वतन्त्रका उम्मेदवार दिवाकर शर्मा खनालले नेपालगंजमा रहेको गौशाला र हिरमिनिया लगाएतका स्थानहरुमा घटस्थापनाको स्थापना तथा पुजाआजा गरी सुरुवात नेपालगंजका युवाहरुलाई लिएर गरेका छन । हिन्दुहरुको मुद्धालाई लिएर संघिय सांसदमा उठेका दिवाकरको आफ्नै रणनिति रहेको देखिन्छ । विस्तारै विस्तारै आफु जनताहरुको घरमा पुगेको संघिय साँसदका उमेदवार दिवाकर खनाल बताउँछन ।पुर्खोली असिमित सम्पत्ति भएका दिवाकरलाई दिवाकरले किन उमेदवारी भन्दा मात्र हिन्दुहरुको संरक्षणका लागि भने जवाफ दिने गरेका छन ।नेपालगंजका अधिकांश गल्लीहरुबाट साक्षर रहेका खनालले सबैलाई हिन्दुका विषयमा सम्झाउँदै गएको बताएका छन ।लामो समय देखि नेपाली कांग्रेसमा रहेर शिव सेनाको सक्रिया नेताको रुपमा स्थिापित भएका दिवाकार अहिले आफ्नो पुरानो सम्बन्धलाई नविकरण गर्दै हिडेको थाहा भएको छ ।आफुलाई जसरी पनि विजय गराउँ अनुरोध गर्दे खनालले आफ्नो जित भनेको सबै हिन्दुहरुको भएको बताउँछन ।स्थानिय तहमा राम्रो पकड बनाएृका दिवाकर बाँके क्षेत्र नं.२ ख का स्वातन्त्र उम्मेदवारका रुपमा उभिएका छन ।यसैगरी बाँके क्षेत्र नं.२ (क) हिन्दुबादी नेता शिवसेनाका कमाण्डर राजकुमार रौनियार समेत निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि जोडतोडले लागेका छन ।

