spot_img
Saturday, April 1, 2023
Homeसमाचारआर्थिक संकटका कारण नेपालगंजको निलसागर बन्द हुने अवस्थामा

आर्थिक संकटका कारण नेपालगंजको निलसागर बन्द हुने अवस्थामा

spot_img

बाँकेको नेपालगंजमा रहेको नीलसागर सेवा आश्रम केही महिना मै बन्द हुने अवस्थामा पुगेको बताइएको छ । विगत लामो समय देखि सडकमानव लगायत आफन्त नभएका मानिसहरुको सेवा तथा संरक्षण गर्दे आएको आश्रमलाई सरकारबाट भए गरेका सर्त तथा सम्झौताहरुको अक्षरस पालन नहुदाँ आर्थिका संकटको कारणले बन्द हुने अवस्थामा पुगेको आश्रम संचालकहरुको दामी रहेको छ ।विगतमा विभिन्न दाताहरुको सहयोगबाट संचालन हुदै आएको आश्रममा सरकारको तर्फबाट सडकमानवको व्यवस्थापनको जिम्मा सहितको लिखितम सम्झौता हुदाँ समेत त्यसको कार्यान्वयन नहुदाँ समस्या उत्पन्न भएको अध्यक्ष सरिता खनालले सोमबार एक पत्रकार सम्मेलन गरेर जानकारी गराइन ।अध्यक्ष खनालका अनुसार स्थानिय तह ,संघ, प्रदेशबाट सडकमानव विहिनि बनाउने योजना अनुरुप आफ्नो आश्रममा सबै स्थनिय तहबाट आश्रम खोजिरहेका मानिसहरुलाई सडकबाट उठाएर आश्रमा ल्याउने काम भएको भएता पनि यस अनुरुप कार्यान्वयनको पाटोमा सरकार चुकेको बताईन । विगत ६ वर्षदेखि सडक सहयोगापेक्षि मानवहरुको सेवा गर्दै आएको नीलसागर संचालक तथा समाजिक अभियान्ता अमन निलसारले सरकारले कामै नगरेका आश्रमहरुलाई मनपरी रुपमा रकम उपमलब्ध गराउँदै आएको तर आफ्नो आश्रमलाई खासै सहयोग नभएको जनाकारी दिए ।१५८ जना बृद्धहरु तथा बालबालिकाहरु आश्रित रहेको आश्रम पछिल्लो अवस्थामा आर्थिक अभावले जरजर भनेको छ ।प्रदेश सरकारले विगत ३ वर्ष देखि न्युनतम सहयोग गर्दे आएको भएता पनि यस वर्ष सम्पुर्ण सहयोगहरु काटिएको छ ।भवन निर्माणका लागि गत वर्ष रु ५० लाख छुट्टाएको इतिहासलाई यस वर्ष रोकिएको निलसागरले जनाएको छ । नेपालगंजमा मात्र मासिक रुपमा ६ लाख दखि ९ लाख सम्म हुन आउने हुदाँ खर्च धान्न गाह्रो हुने बताए । वार्षिक उत्सव मनाउँदै गर्दा सस्था नै बन्द गर्नु पर्ने हो कि भन्ने चिन्ताले पिरोलि रहेको संचाल अमन नीलसागर बताउँछन ।केन्द्रिय कार्यालयको रुपमा रहेका नीलसागर सेवा घर नेपालगंजको मातहतमा अन्य तानसेन पाल्पा,कोहलपुर शाखा,मधुवन शाखा बर्दिया,लुम्बीनी प्रदेश दाङ,गण्डकी प्रदेश शाखा पोखरा कास्की,सुर्खेत शाखा,बर्दिया शाखा,दैलेख शाखा,बाग्मती प्रदेश काठमाडौ शाखा,तानसेन पाल्पा शाखा लगायतका स्थानमा संचालन गर्दै आएको छ ।हाल नेपालगंजमा १५८ जना आमाबुबा तथा बाबुनानीहरु आश्रित रहेको जनकारीमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here