९ असोज, बाँके । बाँकेमा अहिले संघीय सांसदका लागि तीन क्षेत्रहरु रहेका छन । आसन्न मंसिर ४ का निर्वाचनमा स्थानियमा विजय भएका उम्मेदवारहरुको काम गराइको तरीका समेत यस निर्वाचनका उम्मेदवारहरुलाई असर पार्ने देखिन्छ ।
बाँकेका क्षेत्र नं. २ बाट संघिय सांसदका लागि विगत लामो समय देखि नेपाली कांग्रेसका नेता समेत मानिने शिव सेना नेपालका प्रतिनिधि एवं स्वातन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको उम्मेदवारी निकै चर्चामा रहेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका मेयर बालन्द्र शाहका गतिविधिले समेत स्वतन्त्र उम्मेदवारको पल्ला भारी हुने विश्वास गरीएको छ ।

स्वतन्त्र भनेको कुनै पनि आमुक पार्टीको सदस्य नहुनु हो जसले आफुले चाहेमा कसैको दवाब विना नै जनताका काम गर्ने हुन्छन भन्ने जनमानसमा भएको धाराणाले समेत ठुलो भुमिका खेल्ने खनाल समर्थकहरु बताउँछन । सम्पन्न परिवारबाट आएका खनाललाई सम्पत्ति कमाउने लोभलालच भन्दा पनि धर्मको रक्षा गर्नका लागि हिन्दूवादी संस्थाहरुले उठाएको देखिन्छ ।
हामीलाई यस विषयमा प्रतिक्रिया दिदै संघिय सांसदका उम्मेदवार खनालले आफु हिन्दूहरुको लागि उम्मेदवारी दिएको हुदाँ अरुको कुरामा नलाग्न सुझाव दिएका छन । संघिय सांसद हिन्दूवादी नेता खनालले आफु मात्र हिन्दूहरुको नेता भन्दा पनि प्रतिनिधि बन्न रुचाएको बताए ।
स्वतन्त्र उम्मेदवारका रुपमा संघीय सांसदका लागि उभिएका खनाल आफुलाई विजय पछि कुन कित्तामा उभ्याउने हुन त्यो हेर्न भने बाँकी नै रहेको छ ।