spot_img
Wednesday, June 7, 2023
Homeब्यानरप्राजातान्त्रवादी प्राध्यापक संघ म.ब.क्याम्पसद्धारा शुभकामना आदानप्रदान

प्राजातान्त्रवादी प्राध्यापक संघ म.ब.क्याम्पसद्धारा शुभकामना आदानप्रदान

spot_img

प्रजातान्त्रवादी प्राध्यापक संघ नेपाल ईकाई समिति महेन्द्र बहुमुखी क्याम्पसले शनिबार आउँदै गरेका विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।ईकाई समितिका सभापति प्रकाश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्याक्रममा आउँदै गरेका विजयादशमी,शुभ दीपावली तथा छठ पर्व लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरीएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक अवस्था,आंशिक शिक्षकहरुको पछिल्लो अवस्था एवं भए गरेका गतिविधि एवं प्राजातान्त्रिक विचारमा विश्वास राख्ने सबै शिक्षकहरुको संरक्षणका विषयमा सम्बोधन गरेका थिए ।ईकाई समितिका सचिव तथा महेन्द्र बहुमुखी क्याम्पस शिक्षासंकाय तर्फ अंग्रेजी तथा स्वास्थ्य विषय तर्फका प्रमुख डा. हरि तिवारीद्धारा सहजीकरण गरेको कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ,नेपालका केन्द्रिय सदस्य रमेश थारुले महेन्द्र बहुमुखी क्याम्पसमा हुने गरेका हरेक गतिविधिहरुमा प्रजातन्त्रवादी प्राध्यापक संघले सक्रिय भुमिका निर्भाह गर्नु पर्ने बताए ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा इकाई समितिका सभापति लामिछानेले क्याम्पसमा हुने हरेक गतिविधिमा सबैको राय सल्लाह लिएर नै अगाडि बढ्ने गरेको बताए । सभापति लामिछानेले भने,“क्याम्पसको शैक्षिक अवस्था सुधार गर्ने तथा आंशिक शिक्षकको व्यवस्थापनका लगायतका विषयहरुमा हामीहरु छलफलबाटै अगाडि बढ्ने गरेका छौ,कार्यसमितिबाट पास गर्न पर्ने अवस्था लागेमा बैठकबाट पास गर्ने गरेका छौ भने अन्य विषय आएमा सबै साथीहरुसँग छलफलमा लैजाने गरेका छौ ।” सभापति लामिछानेले प्राजातान्त्रिक विचार नै आफुहरुहको शक्ति भएको हुदाँ यसै शक्तिका आधारमा आगाडि बढेको हुदाँ यसमा आवद्ध रहेका सदस्यहरुको सुझाव,सल्लाह तथा सकारात्मक आलोचनाको निकै महत्व राख्ने बताए ।शुभकामान आदान प्रदान कार्यक्रममा पुर्व इकाई समितिका सभापति डा.राजेश केशर खनालले हिन्दु पर्वहरुको अवसरमा शुभकामना दिने क्रममा सनातन सस्कृती विश्वको उत्कृष्ट सस्कृती भएको हुदाँ यसलाई उदार विचार तथा उच्च विचारमा रुपमा लिनु पर्ने बताए ।डा.खनालले भने,“सनातन धर्ममा षणयन्त्र हुदै,यो खुला उदार हुन्छ अतः यो उच्च छ,यसको आधारमा रहेका सबै पर्वहरुको आफ्नो आफ्नो मुल्य र मान्यता रहेको देखिन्छ ।”यसैगरी पुर्व सहायक क्याम्पस प्रमुखसह–प्राध्यापक अजुर्न प्रसाद पोख्रेलले चाडपर्वले सबैलाई एकतामा बाध्ने डोरीको रुपमा भुमिका खेल्ने हुदाँ वैचारी वहसमा सबैलाई सम्मान गर्नु पर्ने बताए । पुर्व सहायक क्याम्पस प्रमुख पोख्रेलले हरेकका आफ्ना–आफ्ना जिवन यापनका तरीकाहरु हुन्छ त्यसको मार्फ दर्शन हामीले मनाईने पर्वले गर्ने बताए । ईकाई समितिका उपाध्यक्ष सावित्रा बस्नेतले स्वागत मन्तव्य दिएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,महेन्द्र बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख सुवास गौतम,पुर्व सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठण्डीराज जमरकटेल, सह–प्राध्यापक गुरु गौतम,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here