spot_img
Sunday, March 26, 2023
Homeखेलकुदबाँकेमा प्रदेश स्तरीय खेल प्रतियोगिता हुदै,मन्त्री हमालले गरे उद्घाटन

बाँकेमा प्रदेश स्तरीय खेल प्रतियोगिता हुदै,मन्त्री हमालले गरे उद्घाटन

spot_img

बाँकेको नेपालगंजमा प्रदेश स्तरीय नवौ राष्ट्रिय खेलकुद प्रयोगिताहरु आज शनिबार बाट सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन लुम्बीनी प्रदेशका भु–संरक्षण तथा वन मन्त्रस् सुरेन्द्र बहादुर हमालले गरेका थिए । ।प्रदेशका सबै जिल्लाका प्रतियोगि खेलाडिहरु बाँकेमा आईसकेको प्रदेश खेलकुद परिषद लुम्बीनीले जानकारी दिएका छ । आज भारोत्तोलन,बास्केट,बक्सिङको छनौट प्रतियोगिता भएको छ भने असोज ९ र १० गते शुटिङ,उसु,जुडो,हक्की महिला/पुरुष,जिम्नास्टिक,कुस्ती साइक्लिङ,पौडी लगायका खेलमा प्रतियोगिता हुने प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापाले बताए ।

खेल प्रतियोगिताको उद्घाटन सत्रको सभापतित्व लुम्बिनी प्रदेश परिषदका सदस्य सचिव जय प्रकाश भट्राई,प्रमुख अतिथि लुम्बिनी प्रदेश वन तथा भुसंरक्षण मन्त्री हमाल रहेका थिए । विशिष्ट अतिथिमा भारोलोनका महासचिव तिलक रावत रहेका थिए भने अतिथिमा लुम्बिनी प्रदेश परिषदका सदस्य नरेन्द्र थापा,हरिश ओली,नरेश शर्मा,जिल्ला खेलकुद विकास समितिका संदिप जंग शाह,उपाध्यक्ष चेककान्त भट्राई,कोषाध्यष विरेन्द्र बहादुर शाह,मध्यपश्चिम खेलकुद विकास समिति कार्यालय प्रमुख महेश चन्द,लेखा प्रमुख मिन बहादुर विसी,जिल्ला खेलकुद विकास समितिका कार्यालय बाँके प्रमुख सन्तोष श्रेष्ठ,जिल्ला खेलकुदविकास समिति बर्दिया अध्यक्ष फुलाराम थारु,खेलकुद विकास समिति दाङका सदस्य सन्तोष विसी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here