बाकेको नेपालगन्जमा रहेको सनराईज बैंकको १५ औं स्थापना दिवसको अवसरमा सरसफाई गरिएको छ । हिन्दुहरूको प्रशिद्व शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार बिहान सरसफाई गरिएको हो ।
सरसफाईसँगै बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदीले मन्दिरलाई १० वटा फोहोर फाल्ने भाँडो हस्तान्तरण गरेका थिए । सो क्रममा बैंकका नेपालगन्ज र कोहलपुर शाखाका कर्मचारीको उपस्थिति रहेको कर्जा उपप्रमुख गोपाल ओलीले जानकारी दिए ।

00