बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ ले वडाको शैक्षिक सुधारका लागि चासो देखाएको छ । वडा भित्रका विद्यालयहरुमा भैरहेको शिक्षाको अवस्थालाई अझै सुधारउन्मुख लैजानका लागि शुक्रबार वडा कार्यालयका अध्यक्ष तरुण वज्राचार्यको नेतृत्वमा विभिन्न कार्यक्रमहरु गरीएको छ । वडा भित्रका विद्यालयको शैक्षिक सुधारका लागि शिक्षा क्षेत्रसंग प्रत्येक्ष सरोकार राख्ने पक्षहरुका विच अन्तरक्रिया गरीएको छ । अन्तरक्रियासंगै अभिभावक शिक्षक संघको गठन,व्यवस्थापन समितिसँग छलफल,अभिभावन चेतना लगायतको कार्यक्रम गरीएको वडा अध्यक्ष वज्राचार्यले जानकारी दिएका छन।

00