spot_img
Wednesday, June 7, 2023
Homeब्यानरखुशी साट्न जन्म दिवस

खुशी साट्न जन्म दिवस

spot_img

नेपाली लेखक संघ केन्द्रिय सदस्य ऋचा लुईटेलको अग्रसरतामा विहिबार नेपालगंजमा बाँकेका वरिष्ठ व्यक्तित्वहरुको जन्मदिन मनाइएको छ । मानिसको एकमात्र सत्य भनेको जन्म पछि मृत्यु हो अतः जन्मेको दिनमा खुशी सटासट गर्नका लागि जन्म दिन मनाउने पर्ने मान्यताका साथ बाँकेका वरिष्ठ साहित्यकार सनत रेग्मी र नेपाली कांग्रेसका नेता तथा लुम्बीनी प्रदेश भु–संरक्षण तथा बन मन्त्री सुरेन्द्र बहादुर हमालको जन्म दिन मनाइएको हो । साहित्यका क्षेत्रमा निकै ख्याति कमाइ सकेका रेग्मी अहिले ७६ वर्षका पुगे भने स्थानिय तहमा निकै लोकप्रिय व्यक्तित्वका रुपमा रहेका मन्त्री हमाल अहिले ६० वर्ष पुगेका छन ।जन्मदिनको उपलक्ष्यमा प्रतिक्रिया दिदै साहित्यकार रेग्मीले आफ्नो उमेर छदै आफुले चाहेका सबै कामहरु पुरा गर्ने धोको रहेको बताए । वरिष्ठ साहित्यकार रेग्मीले भने,“उमेर छदै आफ्ना इच्छाहरु पुरा गर्नु पर्छ ,बाँकी राख्नु हुदैन ,मेरा केही बाँकी होलान त्यो पनि पुरा गर्ने हो ।”क्यान्सर रोगबाट पिडित रहेर मृत्युलाई जितेर अगाडि खेलबाट राजनितिमा अघी बढेका मन्त्री हमालले आफुलाई जन्म दिन भन्दै गर्दा मानिसको उमेर बढेको भन्दा पनि घटेको जस्तो लाग्ने बताए । उनले आफुहरुको जन्म दिन विषेश बनाएर सम्मान गरेको मा सबैलाई धन्यावाद समेत दिए । आकस्मात गरीएको कार्यक्रममा लुम्बीनी प्रदेश पत्रकार महासंघका उपाध्यक्ष शुक्रऋषी चौलागाई,साहित्यकार कोपिला अधिकारी,श्याम अधिकारी,सिर्जना कला साहित्य प्रतिष्ठान कोषाध्यक्ष शोभा गुरुङ,संचारकर्मी तथा समाजसेवी मधु पौडेल,महेन्द्र पूस्तकालय नेपालगंजका सदस्य विरेन्द्र प्रसाद जैसी,रेडियोकर्मी निशु जैसी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here