बाके नेपालगन्ज बसपार्क स्थित एक सप्लायर्समा राजस्वले छापा हानेको छ। विहिबार बिहान आन्तरिक सुचनाको आधारमा बाके कोहलपुर बाट खटिएको राजस्व साखाले छापा हान्दा तानिया सप्लार्यस नामको सप्लायर्सको गोदाम बाहिर बेवारिसे आवस्थामा रहेका १३ कार्टुन नियन्त्रणमा लिएको अनुसन्धानका शाखा अधिकृत मन प्रसाद विकले जानकारी दिए । अधिकृत विकका अनुसार नियन्त्रणमा लिएको कार्टुन भित्र भारतीय कम्पनीका जुत्ता चप्पल रहेको थियो । संख्यात्मक रूपमा १३ ओटा कार्टुन भित्र ५४६ जोर जुत्ता चप्पल रहेको छ। बाकि चारवटा सटर भित्र राखिएको भित्र र नियन्त्रणमा लिएको समानको अनुसन्धानका लागि लिएको राजस्व अनुसन्धानले बताएको छ।सप्लायर्सको गोदाम अगाडि राखिएको समानलाई सप्लायर्स मालिकले आफ्नो नभएको बताउँदा समान बेवारिसे आवस्था भएको बताएको छ । नियन्त्रणमा लिएको समान कस्को हो भन्ने अनुसन्धान पछि मात्रै थहा हुने राजस्व कोहलपुरले जानकारी दिएको छ ।
00