spot_img
Thursday, September 28, 2023
Homeब्यानरनेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका ६ जना विद्यावारिधि शिक्षक सम्मानित

नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका ६ जना विद्यावारिधि शिक्षक सम्मानित

spot_img

बाँकेको नेपालगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले विद्यावारिधि गरेका ६ जना शिक्षकलाई सम्मान गरेको छ । साथै क्याम्पसबाट अवकास प्राप्त १५ शिक्षकहरुलाई पनि बिदाई गरिएको छ ।बुधबार क्याम्पस परिषरमा बिदाइ, सम्मान तथा विजयादशमीको शुभकामना कार्यक्रम आयोजना गरेर उनीहरुलाई बिदाई तथा सम्मान गरिएको हो ।
विद्यावारिधि गरी यस क्षेत्र र क्याम्पसको गरिमा बढाएको भन्दै विद्यावारिधि गरेका शिक्षकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा डा.चक्रबहादुर बम, डा.लक्ष्मण पोख्रेल, डा.मुना श्रेष्ठ, डा.हरिप्रसाद तिवारी, डा.रमेशप्रसाद अधिकारी र डा. इन्द्रबहादुर भण्डारीलाई सम्मान गरिएको हो।
त्यस्तै अवकास प्राप्त प्रा।डा। गोपाल प्रसाद शर्मा अधिकारी, प्राध्यापक मोहन जंग शाह, सहप्राध्यापकहरु अशोक कुमार बस्नेत, रविन्द्र कुमार कर्ण, अनिता शाह, पुष्पा शाह, प्रमिता शाह, सुधा शर्मा, लक्ष्मण प्रसाद पराजुली, डा.राजकुमार सुवेदी, हेमराज लम्साल, कृष्णकुमार लम्साल, प्रदिपकुमार श्रीवास्तव र रामकुमार गुप्तालाई बिदाई गरिएको छ । साथै प्रशिक्षक तिर्थमान श्रेष्ठलाई पनि बिदाई गरिएको छ ।
उनीहरुलाई त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सभापति राजेन्द्रकुमार श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आचार्य, प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा वेदराज केसी, त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक सुमन गौतमलगायतले बिदाई एवम् सम्मन गरेका थिए ।सो कार्यक्रममा बोल्ने क्रममा उपस्थिति सहभागीले महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुका लागि सरकारले पेन्सनको व्यवस्था गर्न नसकेको बताए छन् । उनीहरुले सरकारले महेन्द्र बहुमुखी क्याम्पस पछि खोलिएका विश्वविद्यालयमा पेन्सनको व्यवस्था भएको बताउँदै महेन्द्र बहुमुखीमा पेन्सनको व्यवस्था नहुनु सरकारको कमजोरी रहेको बताए ।कार्यक्रममा राजधानीभन्दा बाहिरका क्याम्पस तथा शिक्षकलाई राजधानीले दोस्रो दर्जामा हेर्ने गरिएको बताइएको थियो ।कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आचार्यले सरकारसँग सहकार्य गरेर जान नसकेकाले महेन्द्र बहुमुखी पछि परेको हुन सक्ने बताए । उनले आर्थिकरुपमा क्याम्पस सबल नभएसम्म समस्याको समाधान नहुने बताए ।त्यस्तै प्रमुख आचार्यले जिर्ण भएको क्याम्पसको भौतिक संरचनाका विषयमा पनि केन्द्रका सबै निकायलाई अवगत गराइसक्दासमेत कतैबाट ठोस निर्णय नआएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here