बाँके,नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौरले बर्दिया–२ नेकपा माओवादीले कांंग्रेसलाई नछाडे आफु बाँके जिल्लाको ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने बताएका छन ।बर्दिया जिल्लाबाट आफ्नो राजनितिक यात्रा सुरु गरेको भएता पनि बाँकेका समेत स्थानिय भएका नेता राठौरले आफु बर्दियाबाट नभए बाँकेबाट समेत निर्वाचन लड्न लड्न सक्ने बताए ।“मैले २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,” बाँकेको नेपालगंज विमान स्थिलमा संचारकर्मीसँग भने ।उनले भने “मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन ।”
यसैगरी कांग्रेस नेता सह–महामन्त्री राठौर गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । “बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,” नेता राठौरले भने । अर्को प्रसंगमा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंम्बैधानिक कदम भएको बताए । “राष्ट्रपतिको यो असंम्बैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमती छैन,” उनले भने । राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंम्बैधानिक भएको नेता राठौंरले जिकिर गरे ।
नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए । “हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,”राठौंरले भने ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00