spot_img
Sunday, June 4, 2023
Homeअन्तर्वार्ता‘अहिले सम्म नेताहरुले गरेका विकास हेर्न चौफेरी, होलिया, रामनगर जानुस’ – स्वतन्त्र...

‘अहिले सम्म नेताहरुले गरेका विकास हेर्न चौफेरी, होलिया, रामनगर जानुस’ – स्वतन्त्र उम्मेदवार खनाल

spot_img

४ असोज, बाँके । बाँकेको क्षेत्र नं. २ बाट सांसद पदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले अहिले सम्म नेताहरुले गरेका बिकास हेर्न चौफेरी, होलिया, रामनगर जान बताएका छन ।

बाँकेको डुडुवा गाँउपालिकामा बिकासमा पछाडी परेका चौफेरी, होलिया, रामनगर लगायतका गाँउमा अहिले सम्म पनि स्थानियहरु सहज रुपमा हिड्ने बाटो नभएको जिकिर गर्दै यतिका वर्ष सम्म त्यहाँ के बिकास भयो र यही ठाँउबाट निर्वाचित भएका नेताहरुको आखा अहिले सम्म पनि पुग्न नसक्नुको कारण के रहेको भन्दै ठाडो प्रश्न गरेका छन ।

उनले भने, ‘यत्तिका वर्षसम्म के बिकास भयो त ? त्यहा कुनै नेताको आखा पुग्न सकेन ! वडा नम्बर १३, १९, २१ लगायत तमाम वडाहरुमा एउटा मान्छे हिड्न लायक बाटो छैन र भएका बाटोमा पनि खाल्डा छन । के यही हो बिकास ?’

‘त्यस कारण हाम्रो एउटै लक्ष्य छ, मठ, मन्दिर, गुम्बालाई संरक्षण गर्ने, गौशालालाई संरक्षण गर्ने र त्यसमा भएका सम्पत्तिहरुलाई संरक्षण तर्फ लाग्ने र बिकासको हकमा आफ्नो बहुमुल्य मतदान गरेर हामीलाई सांसदमा पुर्‍याउनु भयो भने बाटो, बिजुली बत्ति, पानी लगायतमा पछाडि परेका ती गाँउहरुमा कम्तिमा माटो पटान गरेर बाटोको विस्तार र बत्ति पुर्‍याउछौं ।’

निर्वाचित भए पछि उनले वैदिक शिक्षा पद्घति ‘गुरुकुल’ मा समेत जोड दिने बताएका छन । गुरुकुल संगै नयाँ पुस्ता, किसान र जनताका लागि आवाज उठाउने उनी प्रतिबद्ध रहेका छन ।

उनले भने, ‘निर्वाचित भए पछि यहाँ आफ्नो पेट भरेर सबै नेताहरु बसेका हुन्छन । कसैलाई पनि किसान, युवा र जनताको मतलब हुदैँन र छैन । त्यसैले हामीले पीडितहरुको आवाज सांसद सम्म लग्ने र सरकार मार्फत सम्बोधन गराउछौ ।’

‘र फेरी पनि साथीहरुले आन्दोलनमा जानुपर्छ भन्छन भने म त्यो गर्न पनि तयार छु । किनभने हामी स्वतन्त्र हौ र कसैको धानधम्की-डर त्रासमा पर्दैनौ’ उनले थप भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here