spot_img
Thursday, September 28, 2023
Homeसमाचारवास पैरवी कार्यशाला सम्पन्न, पहिलो लेखाजोखाको तुलनामा २४ प्रतिसत थप मापदण्डहरु पुरा

वास पैरवी कार्यशाला सम्पन्न, पहिलो लेखाजोखाको तुलनामा २४ प्रतिसत थप मापदण्डहरु पुरा

spot_img

४ असोज, बाँके । गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्वारा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा खानेपानी सरसफाई तथा स्वच्छता (वास) पैरवी कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशालामा कोहोलपुरका लक्षित ६ वटा स्वास्थ्य संस्थामा दोस्रो चरणको खानेपानी सरसफाई तथा स्वच्छता (वास) लेखाजोखाबाट पत्ता लागेका बुँदाहरु र स्थानीय सरकारले मापदण्ड अनुरुप स्वास्थ्य संस्थाहरु सञ्चालन गर्न चाल्नु पर्ने कदमहरु बारे गृरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले विश्लेषण गरेका थिए ।

सो अवसरमा कोहोलपुरका स्वास्थ्य संस्थाहरुको पहिलो लेखाजोखाको तुलनामा २४ प्रतिसत थप मापदण्डहरु पुरा गरेको जानकारी दिइएको थियो । हाल परियोजना लक्षित स्वास्थ्य संस्थाहरुले औसतमा ५१ प्रतिशत मापदण्ड पुरा गरेर सेवा दिइरहेका छन् ।

कोहोलपुरका स्वास्थ्य संस्थाहरु मध्ये रानीघाट आधारभूत स्वास्थ्य सेवा केन्द्रले सबैभन्दा कम मापदण्ड पुरा गरेको छ भने शम्शेरगन्ज स्वास्थ्य चौकीले सबैभन्दा बढी मापदण्ड पुरा गरेको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूणर् प्रसाद आचार्यको अध्यक्षतामा सञ्चलित कार्यशालामा, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले स्वास्थ्य संस्थाहरुमा वासफिट प्रक्रियालाई नियमित गर्न प्रस्तुत गरिएको खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुधारका लागि वास फिट समितिको जिम्मेवारी सम्बन्धी कार्यविधि, २०७९ मा रचनात्मक सुझाव दिएका थिए ।

वास इन हेल्थ परियोजना लागू भएका वडाका वडाध्यक्ष, वडाका स्वास्थ्य संस्थाका प्रमुख, पालिका स्वास्थ्य शाखा प्रमुख, गेरुवाका अध्यक्ष कृष्ण जंग शाह र वास एलायन्स इन्टरनेशनलका साभेदार संस्थाका प्रतिनिधिहरुका सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख पूणर् प्रसाद आचार्यले खानेपानी सरसफाई तथा स्वच्छताको सुधारका लागि आफ्नो टिमसकारात्मक भएको बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here