spot_img
Saturday, June 3, 2023
Homeब्यानरबाँकेको क्षेत्र नं.२ बाट जनमतका केन्द्रिय सदस्य इरफान शेष निर्वाचनमा प्रतिस्पर्धा गर्ने

बाँकेको क्षेत्र नं.२ बाट जनमतका केन्द्रिय सदस्य इरफान शेष निर्वाचनमा प्रतिस्पर्धा गर्ने

spot_img

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जादा बाँकेको जिल्लाको विषेश क्षेत्रको रुपमा रहेको क्षेत्र नं.२ बाट जनमत पार्टिका केन्द्रिय सदस्य इरफान शेषले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । खास गरी संविधान पिता नेपाली कांग्रेसका नेता स्वर्गीय शुशील कोइरालाको क्षेत्रका रुपमा चिनिदै आएको क्षेत्र नं.२मा नेपाली कांग्रेसका तर्फबाट कसैलाई पनि टिकट नदिने र गठबन्धनका नाममा अन्य पार्टिलाई सहयोग गर्नु पर्ने बाध्यताको फाइदा लिन जनमतका केन्द्रिय सदस्य इरफान शेषले निर्वाचनमा भाग लिएको बताइएको छ । डा.सिके रावतले नेतृत्व गरको जनमत पार्टि तर्फबाट बाँकेमा प्रतिनिधित्व गरिरहेका केन्द्रिय सदस्य इरफान अहामद शेषले उम्मेदवारी दिने चर्चा चलेको पार्टिको आन्तरीक स्रोतले जनाएको छ ।

जनमत पार्टिका तर्फबाट आधिकारीक रुपमा घोषण नगरेको भएता पनि विगत १२ वर्ष बढि देखिराजनितिमा होमिएका शेष एक युवा नेता समेत हुन ।मधेसीका बारेमा आवाज उठाउदै गर्दा दर्जनौ पटक गिरफतार भैसकेका शेष नेपालगंजको एक विरोधका क्रममा उनको खुट्टा समेत भाचिएको थियो ।पछिल्लो समय चुनावी अभियानका साथमा शेष कृषकको पिडा,सहकारी र बैक पिडित ,रिक्सा चालकको पिडा ,विद्यार्थी लगायतको समस्याहरुका बारेमा बुझ्दै हिडेको स्वय शेष बताउँछन ।मुस्लिम समुदाय तथा स्थानियत तहमा राम्रो पकड बनाएका शेषले निर्वाचनमा उम्मेदवारी दिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here