spot_img
Thursday, September 28, 2023
Homeकला/साहित्यपुस्तकालयका नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

पुस्तकालयका नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

spot_img

बाँके जिल्ला नेपालगंजमा रहेको पुरानो पुस्तकालय महेन्द्र पुस्तकालय नेपालगंजका नवनिर्वाचित कार्यसमितिहरुलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सहित बधाई ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पुस्तकालयको गत भाद्र २८ गते सम्पन्न सत्रौ अधिवेशनबाट संशोधित विधानको परिच्छेद ४ दफा७ बमोजिम तीन वर्षको कार्यकालका लागि सम्पन्न कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरीएको निर्वाचन समितिका संयोजक अधिवक्ता लोक बहादुर शाहले जानकारी गराए ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी,साहित्यकार तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरि प्रसाद तिमिल्सेना,समाजसेवी ललीता उपाध्याय,नेपालगंज उद्योगवाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायले मन्तव्य राखेको थिए । मन्तव्यका क्रममा बक्ताहरुले पुस्तकालयको विकासका लागि नयाँ कार्यसमितिले मन लगाएर काम गर्नेमा आफुहरुको विश्वास रहेको बताएका थिए ।यसैगरी निवर्तमान पुस्तकालयका सचिव सुदिप भट्टराईले नव निर्वाचित सचिव मणिदेव अर्याललाई सम्पुर्ण दर्ता कागजपत्रहरु हस्तान्तरण गरेका थिए ।

तत्कालिन प्रेम पुस्तकालयका नामले चिनिएको महेन्द्र पुस्तकालयको नयाँ कार्यसमितिका पदाधिकार तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ पत्रकार तथा निर्वाचन समितिका सदस्य पुर्णलाल चुकेले गरेका थिए ।निर्वाचन समितिका सदस्य झविलाल शर्माले सहजीकरण गरेका थिए । यसैगरी बलराम यादवको अध्यक्षतामा नयाँ कार्यसमितिको उपाध्यक्षमा पंकज श्रेष्ठ,सचिवमा मणिदेव अर्याल,कोषाध्यक्षमा अजय कुमार टण्डन,सहसचिवमा धनमाया लुइटेल(ऋचा) रहेका छन ।यसैगरी महिला सदस्यमा अस्मीता शाह महतरा ,मिना सुवेदी रहेका छन भने सदस्यमा सुनिल भण्डारी,विृजेश बहादुर सिंह,जमिल अहमद सिद्धिकी,विरेन्द्र प्रसाद जैसी रहेका छन ।





- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here