spot_img
Friday, September 29, 2023
Homeब्यानरगौरव स्मृति फाउण्डेशन संस्थागत बन्दै,४५ जनाले लिए आजिवन सदस्यता

गौरव स्मृति फाउण्डेशन संस्थागत बन्दै,४५ जनाले लिए आजिवन सदस्यता

spot_img

बाँकेको नेपालगंजमा रहेको गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशन क्रमशः संस्थागत हुदै गएको पाइएको छ ।स्थापना भएको छोटो समयमा नै विभिन्न सामाजिक कार्यहरु गर्दे आएको फाउण्डेशनले शुक्रबार ४५ जना विभिन्न व्यक्तित्वहरुलाई आजिवन सदस्यता समेत प्रदान गरेको छ ।आफ्ना छोरा गौरवको स्मृतिमा स्थापना गरीएको फाउण्डेशनका संरक्षक प्रदिप शाहुले फाउण्डेशनलाई हामी सबैको भनेर अगाडि बढाउन सबैमा अनुरोध समेत गरेको छन ।फाउण्डेशनका संरक्षक साहले आजीवन सदस्यता प्रदान गर्ने क्रममा भने,“मानव सेवाका लागि स्थापना गरीएको फाउण्डेशन यहाँहरुको हो,मैले त मात्र सुरुवात गरेको हो यसमा मलजल हाल्ने काम हजुरहरुको हो” ।

यसैगरी फाउण्डेशनका नव आजीवन सदस्य शिक्षक तथा समाजसेवी तोजेन्द्र विकले सत्यलाई विर्सदा मानिसले दुख पाउने गरेको हुदाँ केही भएपनि समाजलाई दिएर जानु पर्ने बताए । समाजसेवी तोजेन्द्रले भने,“मानिसले प्रकृतिक नियमको बारेमा सधैव ख्याल गर्नु पर्छ,पृथ्वी सबैका लागि साझा हुनु पर्दछ,अतः मानवले मानवको सेवाको लागि फाउण्डेशन जस्ता संस्थाहरु समाजमा हुन पर्दछ ” । यसै गरी फाउण्डेसनका नव आजिवन सदस्य बनेका संचारकर्मी तथा समाजसेवी मधु पौडेलले फाउण्डेशनको विकास तथा यसले लिएका लक्ष्य तथा उदेश्यहरुलाई कार्यान्वयनका लागि सधै लाग्ने बताए । संचारकर्मी पौडेलले भने,“मानव सेवाका लागि स्थापना गरीएको गौरव स्मृतीलाई सधैव हाम्रो सहयोग हुनेछ ,साथै फाउण्डेशनले लिएको लक्ष्य प्राप्तका लागि सबैको सहयोगको खाचो हुनेहुदाँ यसलाई सबैले आफ्नो मानेर आउनु पर्दछ,”।

फाउण्डेशनका अध्यक्ष मधु साहुको अध्यक्षमा सम्पन्न सम्मान तथा आजीवन सदस्यता वितरण कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी माधवराम रहेका थिए । यसैगरी फाउण्डेशनले विभिन्न व्यतित्वहरुलाई सम्मान समेत गरेको छ ।सम्मानीत हुनेमा करण शाह,मधु पौडेल,चन्द्रेश्वर त्रिपाटी,नगेन्द्र थापा,सन्जु सिंह,पवन जैसवाल,प्रेक्षा केसी,रमन वली,गणेश मान केसी,अनुप चौधरी,निकता चौधरी,एलिसा सुनार लगायत रहेका छन । कार्यक्रममा लुम्बीन प्रदेश औषधी व्यवसायी संघका उपाध्यक्ष सुदिप खड्का, समाज सेवी राम लोचन शाह,ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंज,बाँकेका प्रमुख पुरुन सिंह थारु लगायतले सम्बोधन गरेका थिए ।यस्तै कार्यक्रममा महेन्द्र पुस्तकालय नेपालगंजका सदस्य सुनिल भण्डारी,समाज सेवी कान्ति शर्मा,भुमण्डल श्रेष्ठ,नेपाली कांग्रेस वडा नं.१२ का वडा सचिव शुकराम चिडिमार लगायतको उपस्थिति रहेका थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here