गौरव स्मृती वि योरसेल्फ फाउन्डेशनले विहिबार बाँकेको नेपालगंजमा संचालनमा रहेको मानवसेवा आश्रममा रहेकाहरुलाई साँझको भोजन गराएको छ ।मानवता प्रवद्र्धन महाअधियानको रुपमा संचालनमा आएको आश्रमले अहिले १९ ओटा जिल्लामा करिब १७ सय बढिलाई सेवाहरु दिइ रहेका छ । स्वयमसेवकको रुपमा काम गर्दे आएको नेपालगंजमा रहेको शाखामा अहिले एक नौ महिनाको बालिका सहित २४ जनाले सेवा लि रहेको छन । मानव सेवाका लागि स्थापन गरीएको फाउन्डेशनद्धारा आयोजित खाना खुवाउने कार्यक्रममा बोल्दै शिक्षक तथा समाजसेवी तोजेन्द्र विकले यस प्रकारका संस्थाले साञ्चै नै मानव सेवा गरीरहेको हुदाँ जुन लक्ष्य लिएर यसको स्थापना भएको त्यो पुरा होस भने शुभकामना समेत दिएका थिए।यसैगरी कार्यक्रममा संचार कर्मी तथा समाजसेवी मधु पौडेलले मानव सेवा नै सबै भन्दा ठुलो धर्म भएको हुदाँ यस्ता विषयहरुमा सबैको चासो र विषय बन्नु पर्ने बताए ।


फाउन्डेशनका अध्यक्ष मधु शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेशन स्थापक प्रदिप शाह,महेन्द्र पुस्तकालयका सदस्य सुनिल भण्डारी,नेपाली कांग्रेस वडा नं.१२ का वडा सचिव शुकराम चिडिमार,फाउन्डेशनका सचिव सुदिप सिंह चौधरी,सदस्य विजय कोरी,अजय कोरी,कान्ती शर्मा लगायको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका बाँकेको संयोजक उर्विन सापकोटाले गरेका थिए ।