बाँके जिल्लामा रहेको खानेपानी तथा सरसफाई आयोजनाहरु बजेटअ अभावका कारण अधिकांश योजनाहरु योजनामै सिमित हुने गरेको पाइएको छ । विहिबार बाँकेको नेपालगंजमा आयोजना गरीएको खानेपानी तथा सरसफाई सम्बन्धी बार्षिक कार्यक्रममा विषयमा संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बाहिर आएको हो ।
डिभिजन कार्यालय नेपालगंजको आयोजनामा गरिएको अन्तरक्रियामा विभिन्न कारणले गर्दा एउटा आयोजनाले गति लिन नपाउँदै अर्को आयोजनामा काम गर्नु पर्ने र बजेट अभावका कारण सबैमा बराबार रुपमा बजेट बाँडफाड गर्नु पर्ने हुदाँ भएका आयोजनाहरु फत्ते नहुने गरेको आयोजक खानेपानी तथा सरकार सफाई डिभिजन कार्यालय बाँकेले प्रतिक्रिया दिएको छ ।बाँकेका आठ स्थानियत तहमा ४ देखी ५ वटा आयोजनाहरु मात्रै संचालनमा रहेका छन । खानेपानी डिभिजन बाँके प्रमुख तिलक न्यौपानेका अनुसार बाँकेका स्थानिय तहहरुमा मध्ये नरैनापुर,डुडुवा र जानकी गाउँपालिकामा ५,खजुरामा १०,राप्ती सोनारीमा २०, बैजनाथमा ११,कोहलपुरमा ७ र नेपालगंज उपमहानगरपालिकामा ६ वटा खानेपानीका आयोजनाहरु अगाडि बढेको बताए ।प्रमुख न्यौपानेका अनुसार अन्य आयोजनाहरुको बजेट अभावका कारण सेवा संचालनमा आउन नसकेको बताए ।
बाँकेका खानेपानीबाट पिउने पानीको सुविधा भोग गर्ने १५ प्रतिशत मात्रै भएको हुदाँ ८५ प्रतिशत पिउने पानीका लागि अन्य स्रोतमा भर पर्नु पर्ने अवस्था रहेको डिभिजन कार्यालयको तथ्याङमा देखिएको छ ।
पछिल्लो समय जिल्लामा गठन गरिएका उपभोक्ता समितिको निस्क्रीयता,पाइप प्रणालीको खानेपानी वितरण अत्यान्त न्युुन,सरसफाई लगायतको समस्याहरुमा अझै हुदाँ जिल्लामा खानेपानि वितरण प्रणालीलाई उदेश्यमुलक तरीकाले लैजान नसकिएको कार्यालयले जनाएको छ ।
00
00