नेपालगन्ज– महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा स्वास्थ्य तथा स्वास्थ्य शिक्षाका मुद्धामा आधारित एकदिने सेमिनार समापन कार्यक्रम बुधबार सम्पन्न गरीएको छ । महेन्द्रमुखी क्याम्पस नेपालगंजका प्रमुख लालमणि आर्चायको आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रमको सभापतित्व एमएड स्वाथ्य तर्फबा विद्यार्थी शुशिल थापाले गरेका थिए ।

कार्यक्रममा बोल्दै क्याम्पसका क्याम्पस प्रमुख लालमणि आर्चायले विश्व विद्यालयमा निमार्ण हुने गरेका कोर्सहरु निरन्तर परिवर्तन भै रहने हुदाँ यसमा विद्यार्थी तथा शिक्षकहरु समेत अपडेट हुनु पर्ने बताए । प्रमुख आर्चायले विश्वविद्यालयले यसरी गरीने पाठ्याक्रम परिवर्तनलाई मध्येनजर गर्दै निर्देशनात्मक तालिमहरुको व्यवस्था समेत सँगसगै गर्नु पर्ने भएको बताए ।
कार्यक्रममा शिक्षा संकायका प्रमुख डा.इन्द्र बहादुर भण्डारी,पाठ्यक्रम तथा स्वास्थ्य शारिरिक विभाग प्रमुख विष्णु केसी,शिक्षा विषयका उपप्राध्यापक बसन्तराज भण्डारी,स्वस्थ्य शिक्षा उपप्राध्यापक भगवती शर्मा,शिक्षण सहयाक टिकाराम सापकोटा,निर्मला शाह,विनोद पौडेल,मधु पौडेल,सरिता खनाल,मदन चन्द,सुनिता शर्मा लगायत स्वाथ्य शिक्षा अध्यायन गर्ने विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षाशास्त्र संकायका प्रमुख डा.इन्द्र बहादुर भण्डारीले मन्तव्य दिएका थिए भने विभिन्न प्रस्तुत समेत दिएका थियो ।कार्यक्रमको समिक्षा सुनिता शर्माले गरेकी थिइन ।