spot_img
Friday, September 29, 2023
Homeब्यानर‘पुराना मान्छेको कदर भएन,गठबन्धन पार्टी सक्ने खेल हो’

‘पुराना मान्छेको कदर भएन,गठबन्धन पार्टी सक्ने खेल हो’

spot_img

नेपालगन्ज– पुराना कांग्रेसी नेता दर्जी पार्टिमा पुराना मान्छेको अस्तित्व हराएको नेपाली कांग्रेस बाँकेका एक पुराना नेताले गुनासो पोखेका छन । पछिल्लो समय गठबन्धनको बाध्यात्मिक परिस्थितिका बारेमा प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

विक्रम सम्बत २०३६ सालमा तत्कालिन नेपाली कांग्रेसका नेता विपी कोइरालाबाट पार्टि प्रवेश गरेका नेपालगंज उपमहानगरपालिका–१६ का नेपाली कांग्रेस वडा समितिका सभापति नइमी दर्जी यस्तो कुरा बताएका हुन् । पुराना कांग्रेसी नेताका रुपमा रहेका दर्जीले बाँकेको कांग्रेसका इतिहासका बारेमा सुनादै भने,“म कांग्रेस भएर बाहिर हिड्दा उ कांग्रेस आयो भनेर ताली बजाउथे,त्यसरी हो उ बेला कांग्रेस बचाएको” । नेपाली कांग्रेसबाट के पाउने भन्दा पनि जनतालाई के कसरी सहयोग गर्न सकिन्छ भनेर नेपाली कांग्रेसमा लागेका दर्जीले गठबन्धनलाई कांग्रेस पार्टि सिध्याने खेल भएको बताए । दर्जीले भने,“हाम्रो पार्टिलाई खतम गर्न गठबन्धन गर्न कांग्रेसका केही नेता तथा कार्यकर्ता लागेका छन जुन निकै भारी पर्नेवाला छ ।”

कांग्रेसको भविष्य माथि चिन्ता गर्दै पुराना नेता दर्जीले कांग्रेस पार्टिमा जसको कुनै भुमिका छैन उसैलाई नेता मान्नु परेको छ । उनले पार्टिमा परिवर्तन हुन पर्दछ तर परिवर्तन गर्दे गर्दा नेतृत्वमा आउनेहरुले पुराना आफ्ना कार्यकर्तालाई पछाडि फर्केर हेर्नु पर्ने बताए । उनले कांग्रेस पार्टिमा जस्को केही भुमिका गरेको छैनन उनीहरुकै बौखाल भएको टिप्पणी गर्छन । उनले कांग्रेसले आफ्नो उमेदवार दिन नसक्दा समानुपातिकमा समेत प्रभाव पर्ने भन्दै पार्टिमा काम नगर्नेको हातमा पार्टि जादाँ आफुलाई दुख लागेको बताए । स्थानिय तहमा कांग्रेसको तर्फबाट ६ पटक सम्म वडा सभापति भै सकेका दर्जी आफुलाई पार्टिले केही नगरेको भन्नेमा कुनै गुनासो नरहेको बताए ।उनले भने,“पार्टिमा जस्ले मिठाई दिन सक्यो उसैको अस्तित्व हुदा,त्यागी कार्यकर्ताहरुले स्थान पाएका छैनन ।”पार्टिको तागत भनेको यसमा रहेका क्रियाशिल सदस्य तथा कार्यकर्ताको हो तर अवका दिनमा यहि स्थिती रहे कुन अवस्थामा नयाँ कार्यकर्ताहरु कसरी आर्कर्षित हुन्छ उनी प्रति प्रश्न गर्छन नेपाली कांग्रेसका नेतृत्वसंग ।

नेत्र हिन युवा संघ नेपालद्धारा राजनिति दलहरुलाई ज्ञापन पत्र अपाङग भएका व्यक्तिहरुको उम्मेदवारी सुनिश्चिताका लागि नेत्र हिन युवा संघ नेपालले राजनिति दललाई ज्ञापन पत्र पेश गरेको छ । बुधबार नेपाली कांग्रेस पार्टि कार्यालय बाँकेका पुगेर नेत्रहिन युवा संघ,नेपालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।

प्रस्तुत ज्ञापन पत्रमा यही मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङगता भएका व्यक्तिहरुको उममेदवारी सुनिश्चितता र अन्य अपाङगताको सवालहरुमा राजनितिक दलहरुको जिल्ला पार्टि तहका नेताहरुले आफ्नो राजनैतिक दलको घोषणा पत्रमा समावेश गर्न र सम्बोधन गरिदन भनिएको छ । पछिल्लो समयमा नेत्रहिन युवा संघ नेपाल देशभर संजाल बनाई अपांगता भएका व्यक्तिहरुको शिक्षा,स्वास्थ्य,स्वरोजगार,राजनीतिक सहभागिता ,पहुँचयुक्त निर्वाचन प्रणालीको विकास लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरिहेको,अधिकारमुखी गैरसरकारी संस्थाको रहेको हुदाँ संस्थाले मतदान प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको पहुँच स्थापित गर्न निर्वाचन आयोग लगायतका सरोकारवाला निकायहरुसंग सहकार्य र समन्वय गर्दै आइरहेको कुरा जानकारी ज्ञापन पत्र मार्फत संस्थाले जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाली कांंग्रेस बाँकेका कार्यवाहक अध्यक्ष मन प्रसाद आर्चायले नेपाली कांग्रेस सधैमा आपङग भएका व्यक्तिहरुको पक्षमा वकालत गर्दे आएको पुरानो पार्टि भएको हुदाँ यसका लागि केन्द्रिय समिति सम्मलाई ध्यानाकर्षणा गराईने बताए । उनले नेपाली कांग्रेस बाँकेले केही क्षेत्रहरुमा अपाङगता भएका व्यक्तिहरुलाई उमेदवारको रुपमा समेत अगाडी सारेको बताए ।ज्ञापनपत्रका विषयमा बोल्दै नेपाली कांग्रेस जिल्ला सदस्य अर्मत कुमार आर्चायले कांग्रेस सधै अपाङगता भएको व्यक्तिहरुको पक्षमा रहदै आएको बताएका थिए । यसैगरी नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय कार्यसमिति सदस्य उमा ग्राण्डनले राजनिति दलहरुले आपङ्ता भएका व्यक्तिहरुको लागि आपङगमैत्री स्थानियतहका संरचनाहरुको लागि समेत पहल गर्नु पर्ने बताई । यसैगरी राष्ट्रिय आपाङग महासंघका सचिव भावुक जंग शाहले निर्वाचनमा आपाङगता भएका व्यक्तिहरुलाई निर्वाचनका प्रत्येक्ष भुमिकामा राख्न पहल गर्न समेत राजनितिक दललाई अनुरोध गरेका छन् ।

नेत्रहिन युवा संघ,नेपालका प्रतिनिधि श्याम बहादुर थारु,नरेश थारुलगायतको उपस्थितिमा उक्त ज्ञापन पत्र पेश गरीएको थियो । सिट बाँडफाटमा निर्णय भएको छैनःकेन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव पछिल्लो समय गठबन्धनमा सिट बाडफाँडको विषयलाई जनता समाजबादी पार्टिका नेता तथा केन्द्रिय सदस्य अशोक यादवले हल्लाको पछि नदौडन सल्लाह दिएका छन । उनले मधुरखबरसँगको कुराकानीमा सहमति नै नभएको विषयमा सामाजिक संजालमा गलत प्रचार गर्नु गलत भएको बताए । उनले भने,“अझै सम्म केही सहमति भएको छैन,अनि कसरी भन्न सकिन्छ कुन सिट कसको कुन सिट भनेर ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here