कामना सेवा विकास बैक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्क सेवा पु¥याउने उदेश्यका साथ थप नयाँ स्थानहरुमा मोबाइल एप मार्फत शाखा रहित बैकले सेवा विस्तार गर्ने क्रमा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं.३ मा शाखा संचालनमा ल्याएको छ । कार्यक्रममा हुप्सेकोट गाँउपालिका अध्यक्ष लक्ष्मी लक्ष्मी देवि पाण्डे प्रमुख अतिथिभा रहेकी थिइन । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ग्रामीण तथा बैकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैकप्रति उल्लेख्य विश्वास बढ्ने बताईन । अध्यक्ष पाण्डेले गाउँपालिकामा मोबाइल एप मार्फत शाखा रहित बैकिङ्ग सेवा मात्र नभई शाखा नै आवश्यक रहेको बताईन ।यसैगरी हुप्सेकोट गाउँपालिका वडां न.३ निवासी सन्जु गुरुङ्गलाई शाखा रहित बैकिङ्क संचालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00