spot_img
Sunday, March 26, 2023
Homeब्यानरगठबन्धनको नाममा निर्णय गलत भए निर्णय उल्टन सक्छ ःबाँके कांग्रेस सभापति गौडेल

गठबन्धनको नाममा निर्णय गलत भए निर्णय उल्टन सक्छ ःबाँके कांग्रेस सभापति गौडेल

spot_img

नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सम्बोधन गर्दै सभापति गौडेलेले गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने टिप्पणी गरे । गौडेलले कुनै क्षेत्रमा कांग्रेसले संघ नपाउने अवस्था आए प्रदेशसभाका दुबै क्षेत्र दिनुपर्ने बताए । उनले भने, ‘अन्यथा हामीले सोचेजस्तो परिणाम आउँदैन ।’


कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठक, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य उमा थापा मगर, महिला संघकी सभापति नारायणी रुपाखेती, तरुण दलका सचिव बिनोद रिजालले बोलेका थिए ।


प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल ९कैलाश० को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर २ (ख ) का सचिव प्रदिप साहले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here