spot_img
Friday, September 29, 2023
Homeब्यानरमृगौला पिडित ‘राजु’लाई पैसा हस्तान्त्रण,रोयल डान्स गु्रपले सहयोग जुटाउँदै

मृगौला पिडित ‘राजु’लाई पैसा हस्तान्त्रण,रोयल डान्स गु्रपले सहयोग जुटाउँदै

spot_img

बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा विगत ४ वर्ष देखि उपचाररत बर्दियाका १६ वर्षिय राजु परियारलाई नेपालगञ्जका युवाहरुले आर्थिक सहयोग गरेका छन ।बढैयाताल जमुनी(फुटहा निवासी परियारको परिवारको आर्थिक अवस्था नाजुक रहेकोले घरबाट अस्पताल जान समेत धौ धौ भएको रोयल डान्स कम्पनीका एम।डि। हृदय अचार्यले जानकारी पाए पछि पिडित परिवारको सहयोगका लागि ‘रोड सो’ अभियान थालेका उनले बताइन ।
नेपालगञ्जमा ‘रोड सो’ र डोनेसनबाट जम्मा भएको ५० हजार मध्ये प्रस्तुतिमा खर्चिएको १० हजार भाडा बाहेकको ४० हजार रुपैँया पिडित राजु परियारकी आमालाई युवाहरुले सोमबार हस्तान्त्रण गरेका छन ।राजु परियारको आमा अनुसार राजु विगत ४ वर्ष देखि मृगौला पिडित छन । उनको दुवै मृगौला फेल भएको छ । भेरी अस्तालमा हप्ताको दुई पटक डाईग्नोसिस )निदान) भईरहेको छ । आर्थिक स्थिति कम्जोर भएकोले औषधी उपचारमा धैरै समस्या भएको उनले बताईन ।
यसैगरी रोयल डान्सका युवाहरुले पिडितको उपचारका लागि २२ लाख सहयोग गर्न आफुहरु नेपालभर रोड सो गर्ने प्रणका साथ अगाडि बढेका छन । उनीहरु आफ्ना पढाईलाई केही दिनका लागि रोकेर भए पनि पिडितलाई सहयोग गर्ने बताएका छन । विगत केही दिन अगाडिबाट उनीहरुले सहयोगी हात तथा दाताहरुको ध्यानाकर्षण गराउन नेपालगञ्जका विभिन्न स्थानहरुमा रोड सो गरेर आर्थिक सहयोगका लागि अपिल गर्दै आएका छन । उनीहरुले डान्स कलबमा सिकेका प्रस्तुतिहरु बाटोमा दाताहरुको पिडित परिवार तर्फ ध्यान तान्न लागि प्रयोग गर्दै आएका छन । बिभिन्न प्रस्तुती गरेर उनीहरुले ५० हजार जम्मा गरेका हुन ।
रोयल डान्सका एम.डि।.अचार्यले भने, ‘पिडित परिवारको सदस्यले अस्पताल बाहिर पर्चा बाढेर सहयोगको गुहार गरिरहेको अवस्थामा हामी उनीहरुको समस्या बारे जानकारी पाएको थिए । यो विषयमा कलबमा छलफल गरेर सबै जना सकात्मक देखिए पछि पिडितलाई सहयोग गर्न अभियान थालेको हो । हाल सम्म हामीले नेपालगञ्जमा रोड सो गरेका छौं । जसमा विभिन्न संस्थाहरुले पनि सहयोग गरेका छन । पिडित संग अस्पतालमा आउन जान भाडा नै नभए पछि ४० हजार आजै हस्तान्त्रण गरिएको हो ।’
यस्तै, रोयल डान्सका इस्ट्रकटर अर्जुन तिवारीले आगामी योजना बारे विस्तृतमा जानकारी दिदैँ नाईल खबर संग भने, ‘जब पिडितले आफुसंग १० रुपैँयाको पर्ने औषधी किनेर खान समेत पैसा नभएको बताए पछि हामीले आफ्नो प्रतिभा मार्फत सहयोग गर्न सक्यौं भने ठूलो सफल्ता हासिल गरेको अनुभुति गर्ने सोचका साथ अभियान थालेको हो । अब नेपालभरका ठूला सहरहरुमा अभियान थाल्ने र एक सहरबाट कम्तिमा १ लाख जम्मा गर्ने योजना रहेको छ ।’
नेपालगञ्जका बिभिन्न बार र दोहोरी साँझहरुबाट पनि सहयोग पाएको बताउदै चिकित्सकले भने अनुसार २२ लाख अब एकमुस्ट पिडितको उपचारका लागि हस्तान्त्रण गर्ने तिवारीले जानकारी दिए ।अभिभावकको सहमतिको बिषयमा युवाहरुले भने, ‘पढाईको विषयमा अभिभावकले असहमत भए पनि हामीले उहाँहरुलाई बुझाउछौं र राम्रो कार्यको लागि पक्कै पनि उहाँहरु हामीलाई साथ दिनुहुन्छ ।’पिडित परिवार अनुसार राजुको उपचारका लागि २२ लाख रुपैँया अवस्यकता छ । भरीमा उप्चाररत राजुको डा। पारस श्रेष्ठले केस हेरिरहेका बताइएको छ ।अभियान थालेका युवाहरुले पारदर्शिता कायम गर्न मिडियाको सहयोग लिएका छन भने पिडित परियारको उपचारका लागि सहयोगी हातहरु माझ सहयोगका लागि अपिल गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here