spot_img
Friday, September 29, 2023
Homeब्यानरखडेरीको चपेटामा बाँकेका कृषक

खडेरीको चपेटामा बाँकेका कृषक

spot_img

बाँकेका कृषकहरु अव कृर्षी होइन मजदुर गर्ने सोचमा रहेको छन । मलविउको अभावमा कृषी पेशालाई बोझको रुपमा विकास भैरहेका अवस्थामा यस पटक वर्षा नहुदाँ खडेरीका कारणले कृषी उत्पादन नहुने भन्दै मजदुर गर्ने बताएका हुन ।
बाँके लगायत तराईका जिल्लाहरुमा यस वर्ष समयमा वर्षा नहुदाँ किसानहरुको कृषी उत्पादन भन्दा पनि खडेरीको समाना गर्नु परेको छ । कृषिमा निर्भर भएर आफुलाई कृषक भन्न रुचाई रहेका कृषकहरु पछिल्लो समय कृषी कर्म बाहेकको काममा जानु पर्ने अवस्था सृजना भएको छ ।कतिपय स्थानिय तहले आफ्नो क्षैत्रलाई सुख्खा क्षेत्र समेत घोषणा गरी सकेका छन । बाँकेको स्थानिय तह नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरेका छन , खेतमा बत्ति र पानी तान्ने मेसिनको व्यवस्था नहुदाँ इन्धनको चर्को मुल्य तिर्नु पर्ने भन्दै १० प्रतिशत मात्र रोपाई सम्भव भएको पाइएको छ ।स्थानिय कृषकहरुले समयमै पानीको व्यवस्था गर्न नसक्दा धान सुकेर नष्ट हुन गएको र अहिले मजुरी गरेर खादै आएको स्थानिय कृषकहरु बताउँछन नरैनापु गाउँपालिकाका कृषक जालुक खान । यसैगरी नरैनापुरका अधिकांश किसान वर्षाको भरमा खेती गर्दै आएता पनि ९० प्रतिशत खेती योग्य जमिन बाँझो छ ।नरैनापुर गाउँपालिकाका ६ वटा वडामा हालै केही दिन अगाडी मात्र बत्तीको पोल पुगेको छ ।एकातिर खेत सम्म बत्तीको सुविधा नभएको अवस्था छ भने अर्को तिर इन्धनमा चर्को मुल्य बृद्धिका कारण उत्पादन भन्दा खर्च नै बढि हुने हुदाँ खेत बाँझो छाड्नु पर्ने बाध्यता भएको नरैनापुर गाउँपालिका–५ बाँकेका स्थानिय कृषक सहजराम चौहान बताउँछन । यसैगरी नरैनापुरमा आर्थिक रुपमा केही सक्षम कृषकहरुले मात्रै धान रोपाई गर्न सकेको छन भने अन्यको खेत पुरै बाँझो रहेका छ । छ विगाहमा खेती गर्दे आएका नरैनापुरका कृषक सियाराम धोबीले यस वर्ष केही नलगाई मजुरदुरी गरेको पेट पाल्ने दुखेको पोख्दै सिचाई सुविधा र बत्तिको व्यवस्थाका लागि सरकार सँग गुहार लगाई रहेका छन ।
स्थानिय जनप्रतिनिधिले समेत स्थानिय तहलाई खडेरीयुक्त क्षेत्र घोषणा गरेर चित्त बुझाउँदै बसेको पाइन्छ । नरैनापुरमा सिचाईको अभावले १० देखि १५ प्रतिशत मात्र धान रोपाई भएको जसले गर्दा गाँउपालिकामा भोक मरी लाग्न सक्ने नरैनापुर गाउँपालिका प्रमुख इस्तियाद अहमद शाह बताउँछन ।बाँकेको यस्तो अवस्थाको बारेमा नेपाल सरकारलाई थाहा नभएको भने होइन केही दिन अघि नेपाल सरकार समेत पुगेर यस क्षेत्रमा बारेमा जानकारी लिए्को छ । पछिल्लो समय कृषकहरु सिचाँईको अभावमा खडेरीले सताईका छन । वर्षाको समयमा धानबाली पुरै पानीमा डुबेर लाखौको क्षती व्यहोर्न परेको थियो भने फेरी आएर बर्षा नहुदाँ विपत्ती परेको अवस्था छ ।सिचाईको व्यवस्था,तत्काल खाद्यन्नको आपुर्ति लगायतका विषयलाई तत्काल कार्यन्वयनमा ल्याउनु पर्ने सरकारको दायित्व र जिम्मेवारी पनि हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here