मानव बेचविखन तथा ओसारपसार ,रोकथाम,नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित÷प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पु¥याएको महत्वपुर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित भएको छ ।नेपाल सरकार,महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय सिंहदरवार ,काठमाण्डौको आदेश आनुसार भदौ २० गते सोमबार मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६औ राष्ट्रिय दिवस–२०७९ को अवसरमा कार्यालयलाई सम्मान प्रदान गरीएको हो ।मन्त्रालयका माननिय मन्त्री उमा रेग्मीद्धारा प्रदान गरीएको सम्मान पत्र प्रहरी कायालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कुष्णा अधिकारीले ग्रहण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00