नेपालगन्ज उपमहानगरपालिकाका नगर उपसभापति मोहम्मद कमाल अन्सारी मुस्लिम कोटाबाट समानुपातिक सांसदको उम्मेदवार सिफारिस भएका छन् । उनलाई नेपाली कांग्रेस प्रदेश सभा(३) ‘ख’ कार्यसमितिले उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुर निवासी उनी नेपाली कांग्रेसका युवा नेता हुन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत रहेका दुबै प्रदेश सभाबाट आफु एक मात्र मुस्लिम (खुल्ला) उम्मेदवारको रुपमा सिफारिसमा परेको अन्सारीले बताए । ‘मलाई पार्टीले समानुपातिक सांसदको उम्मेदवार सिफारिस गरेको छ, म पार्टीका सबै नेताहरुप्रति आभारी छु,’ उनले भने ।
00